यातायातको भाडा वढ्दा विद्यार्थी मर्कामा

बाँके ः नया बजेट कार्यन्वयनमा आउनु अगाबै सर्बसाधारणले महंगीको नराम्रो स्वाद चाखदै आइरहेका छन।
यातायात ब्यबस्था बिभागले असार १ गतेदेखि लागू हुनेगरी सार्बजनिक यातायातको भाडादर वृद्धि गरेपछि बिशेष गरि आम विद्यार्थी र सर्बसाधारण जनताको जनजिबिकामा महंगीको चौतर्फी चाप थपिने पक्का छ।
साउन १ गतेदेखि मात्रै नया आर्थिक बर्ष शुरु हुने भएपनि सरकारले त्यसको ठिक एक महिना अगाडि देखि सार्बजनिक यातयातको भाडा एक्कासि १२प्रतिशतले वृद्धि गरेपछि विद्यार्थीहरु झस्किएका छन।भने चौतर्फी बिरोधका आवाजहरु सुनिन थालेका छन।त्यस्तै दैनिक उपभोग्य सामाग्री र अन्य क्षेत्रमा समेत भाडा वृद्धिले प्रभाव पार्ने पक्का छ रहेको अनेरास्ववियु बाकेका जिल्ला कमिटिका प्रकाशमान सिंहले बताए ।
अहिलेसम्म सार्बजनिक सवारी साधनका यात्रुले नेपालगन्ज भित्र १० रुपैया तिर्दै आइरहेका थिए भने अब भाडा वृद्धि भएसंगै १२ रुपैया तिर्नुपर्ने हुन्छ।त्यसैगरी नेपालगन्ज देखी कोहलपुरसम्मको भाडा ३० तिर्नुपर्थ्यो भने अब ३५तिर्नुपर्ने हुन्छ।त्यस्तै नेपालगन्जबाट सुर्खेत,जाजरकोट,धनगढी काठमाडौका लागि क्रमश ३६,६०,६० र १४४ थप रकम तिर्नुपर्ने हुन्छ।यसले गर्दा प्रत्यक्ष सार्बजनिक यातायातको भाडा वृद्धिको सबैभन्दा मारमा आम विद्यार्थी बर्ग नै पर्ने निश्चित छ।










