अब जाजरकोटदेखि काठमाडौंसम्मको भाडा एक हजार मात्र

जाजरकोट , अबदेखि एक हजार रुपैयाँले जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा गर्न सकिने भएको छ। यातायात व्यवसायीको प्रतिस्पर्धाका कारण झण्डैं आधा भाडामा यात्रुले काठमाडौंसम्मको यात्रा गर्न पाउने भएका छन्।

जाजरकोट यातायात प्रालिले जाजरकोट(काठमाडौं चल्ने रात्री बसमा प्रति व्यक्ति एक हजार रुपैयाँ भाडादर कायम गरेपछि यात्रुहरु खुसी भएका छन्। प्रालिले ८ सय ५० रुपैयाँ भाडा घटाएको छ। जाजरकोट खलंगादेखि काठमाडौंसम्मको यात्रुभाडा एक हजार रुपैयाँ मात्र तोकिएको प्रालिका सञ्चालक महेश चौधरीले जानकारी दिए।

अन्य यातायात व्यवसायी समितिले भने जाजरकोटबाट काठमाडौंको भाडा एक हजार आठ सय पचास रुपैयाँ कायमै राखेका छन्।अन्य समितिले पनि भाडा घटाउने तयारी गरिरहेका छन्।जाजरकोटदेखि काठमाडौंको दूरी ८ सय २९ किलोमिटर रहेको अन्नपुर्णमा खवर छ।  छ।





error: Content is protected !!