अष्ट्रियामा उपराष्ट्रपतिलाई प्रश्न ः ऊर्जा दशकमा नेपालले के गर्छ

भियना । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भियनामा आयोजित जलवायुसम्बन्धी आर २० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी भएर मंगलबार नेपालको धारणा राखेका छन् । सम्मेलनको समूहगत छलफलमा भाग लिंदै उपराष्ट्रपति पुनले विशेष गरी नेपालले घोषणा गरेको ऊर्जा दशकबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उनले जानकारी गराए ।
कार्बन उत्सर्जनमा नेपालको भूमिका नरहे पनि त्यसको असर नेपालले भोगिरहेको उनले सम्मेलनमा जानकारी गराए । ‘जलवायु परिवर्तनको असरका कारण नेपाल पनि उच्च जोखिममा छ । हिमाल पग्लिरहेका छन्, पानीका मुहान सुकिरहेका छन्, प्राकृतिक वनस्पती तथा जीवहरु लोप हुने अवस्थामा छन्’, उपराष्ट्रपति पुनले भने, ‘हामीले ग्याँस, तेल र कोइला उत्खनन् र प्रयोग गरेका छैनौँ । कार्वन उत्सर्जनमा हाम्रो करिब ०।०२७ प्रतिशतमात्र भूमिका छ । तर, पनि हामीले यसको असर भोगिरहेका छौँ ।’

उपराष्ट्रपति पुनले नेपालको हिमाल, पहाडको भौगोलिक बनावट र नेपालमा रहेको जलस्रोतले नविकरणीय उर्जामा आधारित दिगो वृद्धिसहितको अर्थतन्त्रको विकास गर्न सहयोग पुर्याउने बताए ।सन् २०१८ देखि २०२८ सम्मलाई उर्जा तथा जलस्रोतको दशक घोषणा गरेको जानकारी गराउदैं उनले उक्त अवधिमा नेपालले जलविद्युत र नवीकरणीय उर्जाबाट १५ हजार मेगावाट उर्जा उत्पादन गर्न लागेको बताए । उनले उर्जा दशकले समृद्ध नेपाल, सुखी नेपाीको राष्ट्रिय आकांक्षा पूरा गर्ने योगदान पुर्याउने जानकारी गराए ।
‘यो एक उच्च लक्षका साथ ल्याईएको योजना हो, जस अन्तर्गत नविकरणीय स्रोतबाट उच्च परिमाणमा उर्जा उत्पादन गर्ने, स्वच्छ उर्जाको प्रवर्धन गर्दै खनिजजन्य उर्जा माथिको निर्भरता अन्त्य गर्ने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने योजना रहेका छन्’, उनले भनेका छन् ।
कार्वन उत्सर्जनमा हाम्रो करिब ०।०२७ प्रतिशतमात्र भूमिका छ । तर, पनि हामीले यसको असर भोगिरहेका छौँ । हामीसँग प्रशस्त हिमाल, पहाड, जलस्रोत र सौर्य उर्जा छन् । जसले नविकरणीय उर्जामा आधारित दिगो वृद्धि सहितको अर्थतन्त्रको विकास गर्न सहयोग पुर्याउने छ । यसबारे नेपाल सरकारले चालेका केहीं कदमहरु जानकारी गराउन चाहान्छु ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेस, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन, पाकिस्तानका प्रधानमन्त्री इमरान खान लगायतले सम्बोधन गरेको अष्ट्रियन शिखर सम्मेलनमा विभिन्न समूहमा छलफल भएका छन् । जलवायु सम्बन्धी पहिलो विशेष समूहमा उपराष्ट्रपति पुन सहित घाना, हंगेरी र लात्भियाका राष्ट्रपति र विश्व बैंकका कार्यकारी अधिकृतले भाग लिएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति पुनलाई ‘जलवायु परिवर्तनका हिसाबले नेपाल उच्च जोखिममा रहेको छ । तपाईंको देशसँग तेल, ग्याँस वा कोइला छैन । तर, तपाईंसँग पहाड, जल र सौर्य स्रोत छन्, जसले नवीकरणीय उर्जामा आधारित दिगो वृद्धिसहितको अर्थतन्त्र विकास गर्न मद्दत पुर्याउन सक्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय कातोविच सम्मेलन ठिक अघी घोषणा गरिएको नेपालको उर्जा दशक अन्तरगतका एक–दुई पहलकदमीहरु बारे हामीलाई जानकारी पाँउ न रु’ भनि प्रश्न सोधिएको थियो ।
प्रश्नमा उपराष्ट्रपतिले दिएको जवाफ
प्रश्नमा भनिए जस्तै विश्वव्यापी जलवायु परिवर्तनको असरका कारण नेपाल पनि उच्च जोखिममा छ । हिमाल पग्लिरहेका छन्, पानीका मुहान सुकिरहेका छन्, प्राकृतिक वनस्पती तथा जीवहरु लोप हुने अवस्थामा छन् । हामीले ग्याँस, तेल र कोइला उत्खनन् र प्रयोग गरेका छैनौँ ।
कार्वन उत्सर्जनमा हाम्रो करिब ०.०२७ प्रतिशतमात्र भूमिका छ । तर, पनि हामीले यसको असर भोगिरहेका छौँ । हामीसँग प्रशस्त हिमाल, पहाड, जलस्रोत र सौर्य उर्जा छन् । जसले नविकरणीय उर्जामा आधारित दिगो वृद्धि सहितको अर्थतन्त्रको विकास गर्न सहयोग पुर्याउने छ । यसबारे नेपाल सरकारले चालेका केहीं कदमहरु जानकारी गराउन चाहान्छु ।
१० ऋइए द्दद्ध भन्दा ठिक अघी नेपाल सरकारले सन् २०१८ देखि २०२८ सम्मको दशकलाई उर्जा तथा जलश्रोतको दशक घोषणा गरेको छ । यो एक उच्च लक्षका साथ ल्याईएको योजना हो, जस अन्तर्गत नविकरणीय स्रोतबाट उच्च परिमाणमा उर्जा उत्पादन गर्ने, स्वच्छ उर्जाको प्रवर्धन गर्दै खनिजजन्य उर्जा माथिको निर्भरता अन्त्य गर्ने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने योजना रहेको छन् ।
२० यो योजनाअन्तर्गत उर्जा क्षेत्रको रणनीतिक विकास गरी दिगो, भरपर्दा, पहुँचयोग्य र गुणस्तरीय स्वच्छ ऊर्जा जनतालाई उपलब्ध गराउने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य लिएको छ ।
३० हामी अहिले हाम्रो राष्ट्रिय आवश्यकता पुरा गर्न र अर्थतन्त्रलाई उर्जा प्रदान गर्न एक दशकमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने योजनामा छौँ । यसले उर्जामा आत्मनिर्भरता हासिल हुने मात्र होइन कि हामीलाई पूर्णतः स्वच्छ उर्जाको उपयोग गर्ने अवस्थामा रुपान्तरण गर्नेछ । यो कुरा अन्तरनिर्भर र अरु लक्ष्यसँग पनि जोडिएको छ ।
४० ‘हरेक वस्ती, उर्जा वस्ती’ अभियान अन्तर्गत नेपालको ७५३ वटै स्थानीय तहलाई हरेकले १०० देखी ५०० किलोवाटसम्मको सौर्य विद्युत जडान गर्न च्यालेन्ज फण्ड उपलब्ध गराइनेछ । उत्पादित विद्युत स्थानीय तहले सिंचाई, खानेपानी र सडक बत्तिको व्यवस्था गर्ने सामुदायिक कार्यमा उपयोग गर्न सक्नेछन् । बाँकी रहेको विद्युत राष्ट्रिय ग्रिडमा जोडेर आय आर्जन गर्न सकिने व्यवस्था गरिएको छ ।
५० यो अभियानले निजी तथा सार्वजनिक प्रयोजनका लागि विद्युतीय सवारीको प्रवर्धन गर्दछ । सौर्य, वायु, वायोग्याँस, साना र लघु जलविधुत जस्ता नविकरणीय र वैकल्पिक उर्जाको स्रोतबाट विकट क्षेत्रका ३६ लाख घर परिवार लाभान्वित हुने छन् । यो हाम्रो जनसंख्याको १८ प्रतिशत हो । यो ‘हरेक घरमा विद्युतीय चुल्हो’ अभियानसँग जोडिएको छ । यसले एल।पि। ग्याँस विस्थापन गर्न प्रोत्साहन गरिन्छ ।
६० त्यस्तै, ‘शिक्षा र स्वास्थ्यका लागि बत्ती’ अभियान अन्तर्गत सार्वजानिक विद्यालय, स्वास्थ्य केन्द्र र आमसञ्चार केन्द्रमा नविकरणीय ऊर्जा प्रयोग गरिनेछ । त्यसैगरी ‘हरेक घर ऊर्जा घर’को अभियानले घरायसी प्रयोजनका लागि घरको छतमा सौर्य उर्जा उत्पादन गर्ने कार्यलाई प्रवर्धन गर्दछ । जसमा स्मार्ट ग्रिड पद्दती, स्मार्ट बत्ति र कम उर्जा खपत हुने स्मार्ट उपकरणको प्रयोग गरिन्छ ।
७० यसप्रकार ऊर्जा दशक एक प्रकारले पूर्णतः नविकरणीय ऊर्जातर्फ रुपान्तरण गर्ने र जलवायु परिवर्तन न्यूनीकरणमा मद्दत पुर्याउने अभियान हो ।
सम्मेलनमा नेपालको तर्फबाट उपराष्ट्रपति पुनसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका नीजि सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल, उपराष्ट्रपति कार्यालयका सहसचिव तेजराज पाण्डे, वन विभागका महानिर्देशक डा। रामप्रसाद लम्साल लगायत सहभागी थिए ।
उपराष्ट्रपति पुन मंगलबारनै अष्ट्रियाका राष्ट्रपति बेलेनले आयोजना गरेको दिवा भोजमा सहभागी भए । उपराष्ट्रपति पुन मंगलबारनै अष्ट्रिया स्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागि भएका छन् ।








