जडीवुटी सदुपयोग गरी पुर्वधार निर्माण गर्न सांसद पहाडीको माग

काठमाण्डौँ ः प्रतिनिधीसभा सदस्य तथा पुर्व शान्ति मन्त्री सत्य पहाडीले कर्णाली प्रदेश लगाएतका नेपालका हिमाली जिल्लाहरुमा कम जनघनत्वका ठाउँमा राज्यले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो , प्राकृतिक स्रोत र साधन का दृष्टिले अत्यन्त सम्पन्न भएका ठाउँमा राज्यले लगानी गरी त्यहाँको विकास र संमृद्धीमा ध्यान दिन आग्रह गर्नुभयो । शुन्य समयमा बोल्दै यहाँले थप्नुभयो , विशाल भुगोल र त्यभित्र रहेको मुल्यमान जडीवुटी लगाएतका स्रोत र साधनका भण्डार हुन् ।
ती सम्भावनाको सदुपयोग गर्न हिमाली जिल्लाहरुको पुर्वाधार निर्माण पहिलो सर्त हो । आउदो वजेटमा जनसंख्य मात्र होईन् , ति सम्भावना तर्फ ध्यान दिईयोस ।










