आजका पत्रपत्रिका प्रधानमन्त्री ओलीलाई ‘बाहुबली’ को उपमा

काठमाडौं । आइतबार प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सामयिक घटनाहरुका साथै आगामी बजेटसँग जोडिएका आर्थिक खबरहरुलाई प्राथमिकता दिएका छन् । नेपाल साप्ताहिकले भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘क। बाहुबली’ नाम दिएर कार्टूनसहितको आवरण स्टोरी प्रकाशित गरेको छ ।

नेपाल साप्ताहिकले लेखेको छ २१ घटनाले बताउँछन्, ओलीमा शक्तिको असीमित तीर्खा छ । मन्त्रालय, सुरक्षा निकाय, विश्वविद्यालय, प्रेस, मानव अधिकार र सार्वजनिक संस्थाहरुको कार्यक्षेत्र खिच्ने प्रधानमन्त्री ओलीको प्रयासमा शक्तिको असीमित तीर्खा छ ।

नेपाल साप्ताहिकको आवरण कथामा पत्रकार योगेश ढकालले प्रधानमन्त्री ओलीमा शक्तिको भोक रहेको पुष्टि गर्न प्रस्तुत गरेका २१ वटा तर्क यस्ता छन्

झापा मोह, पार्टीभित्र पकड प्रयास, मन्त्रीमाथि नियन्त्रण, यातायात सिन्डिकेटको रक्षक, बुद्धिजीवीमाथि आक्रमण, विभिन्न राजनीतिक नियुक्ति, प्रेस स्वतन्त्रतामाथि अंकुश, राजदूत नियुक्ति, प्रदेश सरकारमा दबाव, संसद नियन्त्रण प्रयास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफ्नो मान्छेको नियुक्ति, अदालतमा प्रभाव, निर्वाचन आयोगमा प्रभाव, एनजीओरआइएनजीओमा मापदण्ड र अनुगमन, राष्ट्रिय योजना आयोगमा प्रभाव, राष्ट्रिय सुरक्षा परिषद, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र मानवअधिकार आयोगमा प्रभाव, शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन ।

सैनिक अपहरण गुपचुप

अन्नपूर्ण पोष्ट दैनिकमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाली सेनाका एक जवानलाई एक महिनाअघि अपहरण गरे पनि विप्लव र सेना दुवै पक्षले हालसम्म गुपचुप राखेको समाचार छ ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई बैशाख १६ गते विप्लव समूहले उनकै घर जाजरकोटको जुनिचाँदे गाउँपालिका(२ बाट अपहरण गरेको समाचारमा उल्लेख छ । यद्यपि शाही विप्लव समूहको कब्जाबाट फुत्किएर तालिम गणमै फर्किइसकेका छन् । सेनाका अधिकारीहरुले भने यो घटनालाई सेनालाई उत्तेजित बनाउने उद्देश्यको रुपमा लिएको जंगीअड्डा स्रोतलाई उद्धृत गर्दै समाचार लेखिएको छ ।

नागरिक दैनिकले आगामी आर्थिक वर्षको बजेटमा राजश्व उठाउने लक्ष्य २० खर्ब रुपैयाँभन्दा बढी राख्न लागिएको विषयलाई मुख्य समाचारको रुपमा छापेको छ । ‘नेपालमा पहिलोपटक आर्थिक वर्ष २०६४र६५ मा राजश्व १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको थियो । त्यसको १२ वर्षपछि राजश्वको आकारले अर्को अंक तेह्रौं डिजिट छुँदैछ,’ समाचारमा लेखिएको छ ।

मालपोत प्रमुखले पोले प्रधानमन्त्रीदेखि खरिदारसम्म

यसैगरी बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजाले अख्तियारलाई बयान दिनेक्रममा प्रधानमन्त्रीदेखि खरिदारसम्मलाई पोलेको समाचार पनि नागरिकले छापेको छ ।

कान्तिपुर दैनिकले भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर(कंकालिनी नगरपालिका १३ को गोबरगाढा डुबानमा परेको विषयलाई मुख्य समाचारको रुपमा स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले ‘पूर्वाधार नीति पूर्ववत् गति’ शीर्षकमा ब्यानर समाचार छापेको छ । यो समाचार अघिल्लो वर्ष ल्याइएको बजेटको समीक्षामा केन्द्रित छ । संक्रमणकालीन राजनीतिको नियती बदलिए पनि विकास परियोजनाप्रति सरकारको प्रवृत्ति नबदलिएको समाचारको सार छ ।




सम्बन्धित समाचार


error: Content is protected !!