भीरबाट लडेर आमा, छोरा र करेन्ट लागेर यूवाको मृत्यू

जुम्ला , वैशाख १२ गते । यहाँको ताम्ति गाउँका एक महिला र उनको एक बर्षिय छोराको भिरबाट लडेर मृत्यू भएको छ । वनमा गाई चराउन गएको समयमा भिरबाट लडेर तातोपानी गाउँपालिका वडा नं ७ ताम्ति गाउँका ३२ बर्षिय लक्ष्मी रावत र उनको एक बर्षिय छोरा सुभाष रावतका्े मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जुम्लाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार आमा छोराको वैशाख ११ गते दिउसो ४ बजे घटना स्थलमै भिरबाट लडेर ज्यान गएको र उनिहरुलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुरयाईएको छ ।
गाउँकै चेत्ता भिरबाट लडेको प्रत्यक्ष देखेपछि आफुहरु कराउदै घटनास्थलमा गएर उद्धार गरिएको स्थानीय ताम्ति गाउँका खड्क रावतले बताउनुभयो । सो चेत्ता भिर करिब एक किलोमिटर लम्वाई र निकै ठाडो भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी घटना स्थलमा गएर फर्किएको छ ।
पिठ्यूमा छोरा वोकेर लडदा छोरा पनि गुम्यो ः श्रीमान्
पिठ्यूमा छोरा वोकेर आमा लडेपछि आमा छोराकै ज्यान गएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन आएका श्रीमान् बिर्ख रावतले बताउनुभयो । बनमा एक बर्षिय छोरालाई कता राख्नु बोकेर लडेको वा कुनै गाई बस्तुले हानेर लडेको हुन सक्ने उहाँले बताउनुभयो । आमा छोराकै ज्यान गएपछि आफ्नै सवै गुमेको उहाँले रुदै भन्नुभयो । यसैगरी आफुपनि सोही क्षेत्रमा अलिटाढा काम गर्न गएको थिए । घटनापछि थाहाँ भया, थप्नुभयो । उहाँको अन्य ३ छोरी रहेको स्थानीय जनकबहादुर रावतले बताउनुभयो ।
यसैगरी वैशाख ११ गते नै करेन्ट लागेर एक यूवाको मृत्यू भएको छ । स्थानीय चन्दननाथ नगरपालिका वडा नं ८ बर्ष २२ का मानबहादुर रोकायाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली राजमार्ग अन्तरगत चन्दननाथ नगरपालिकाको वडा नं ७ मिचा स्थित सडक खण्डमा बजार बाट खल्लाचौर जादै गरेको ना ६ ख ७५ नंम्बरको स्काईभेटर (टेलर)ले तार छुदा करेन्ट लागेर मृत्यू भएको हो । दिउसो साढे ३ बजे घटना स्थलमा नै मृत्यू भएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार टेलरको छतमा विधुतको तार लागेपछि हातले तार छुट्याउन प्रयास गर्दा करेन्ट लागेर रोकायाको मृत्यू भएको हो । रोकाया टेलरका सहचालक पनि थिए । रोकायालाई पोष्र्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुरयाईएको प्रहरीले जनाएको छ ।










