जन्यजन्तु संरक्षण गर्न जंगलमा पोखरी

हेमन्त केसी

जाजरकोट , १२ बैशाख (रासस) ः समुदायिक वनमा रहेका जंगली जनावर र वनजंगल संरक्षणका लागि जाजरकोटमा पोखरी निर्माण कार्य सुरु गरिएको छ ।
जिल्लाका ७वटा स्थानीय तहले गरेको मागका आधारमा पोखरी निर्माण कार्यजारी रहेको हो । जंगलमापानीको अभावमा वन्यजन्य जन्तुहरु नदीको किनार र खोलामा आउदा मारिने समस्य बढ्न थालेपछि वृहतजलाधार व्ण्यवस्थापन केन्द्र कर्णाली , खलंगाजाजरकोटले जनाएको छ । साथै पोखरीको पानीजम्म गरी वनजंगलमा सिन्चित गर्नका उदेश्यका साथ यो कार्य गरिएको हो । जाजरकोटका ७ वटा स्थानीय तहबाट जंगलमा रहेका पुराना पोखरी (खाली)लाइ स्तरउन्नती गरी वन्यजन्तुलाइ सहज रुपमापानीपिउने व्यवस्थागर्न सकिने प्रस्तावआएबमोजिमकार्यालयले पुरानापोखरीलाई स्तरउन्नतीगर्ने कार्य अगाडी बढाएको जलधारका प्रमुख श्यामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
जिल्लाको कुशे गाउँपालिका – ३ स्थित सामुदायिकबनमा २ , भेरी नगरपालिका – १, ५ मा ८ , नलगाड नगरपालिकामा २८ वटा मागभएको छ । त्यस्तै छेडागाड नगरपालिका – ५ वटा , बारेकाट गाउँपालिका – ८ , जुनिचाँदे गाउँपालिकामा – ६ , कालीकोटबाट ८ वटा पोखरीको मागआएको छ । कर्णाली प्रदेशका १० जिल्ला र अन्यपाँचजिल्ला गरी १५ जिल्लामा यसको कार्यक्षेत्र रहेको छ ।
भेरी नगरपालिकामापोखरी निर्माणको कार्य सुरु भएको छ । बजेटको अभावमा सवै ठाउँमा एकै पटक काम सुरु गर्न नसकिएको कार्यालय प्रमखन्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो , “ कार्यक्षेत्र १५ जिल्लाको छ , तर कर्मचारी नहुँदाकामगर्न समस्यभएको छ , अहिले जलाधार व्यवस्थापनअधिकृत, बालीविकास अधिकृत, सव इन्जिनियर को दरवन्दीखाली रहेको छ ,” ।
अहिले चालु अवस्थामा रहेको योजना समेत कर्मचारी अभावका कारण कामगर्न समस्य भएको कार्यालयले जनाएको छ । कार्यक्षेत्र कणाली प्रदेशका साथै पाँच नम्वर प्रदेशमाभएको तर कर्मचारी र बजेट कम हुँदा काम गर्न समस्य भएको कार्यालयका नायव सुव्वा बीरबहादुर चन्दले बताउनुभयो । कर्मचारी अभाव छिटै समाधानहुँने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । अहिले कर्मचारी समायोजनको काम सकियो , अव खाली रहेका ठाउँको डाटा संकलनको काम भएकाले छिटै समाधानहुँने उहाँको भनाइ रहेको छ । कर्णली प्रदेशमा बन्यजन्तु र जडीवुटीको लागि महत्वुर्ण भागका रुपमा लिइन्छ । पारिस्थीतिक प्रभाव पार्ने जन्य , जन्तु , चरा, चुरुङ्गीलाइ संरक्षण नगरी हाम्रो पनि  अस्थित्व हुँने वातावरण विदले बताएका छन् । तस्वीर उपलवध छ ।
–––





error: Content is protected !!