विकास निर्माणमा अब ‘इआइए’ बाधक हुँदैन ः वनमन्त्री बस्नेत

रसुवा ः विकास निर्माणका आयोजना निर्माण गर्नका लागि अब वातावरण प्रभाव मूल्यांकन ुइआइएु बाधक नहुने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन्।

२४ औँ वन्यजन्तु सप्ताहको समापन समारोहमा बोल्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन्। विकास निर्माणमा इआइए बाधक बनेको गुनासो आएपछि वन तथा वातावरण मन्त्रालयले अब ५० दिनमा इआइएको काम टुङ्ग्याउने गरि काम अघि बढाएको उनले बताए। मन्त्री बस्नेतले भने ुवन मन्त्रालयमा प्रतिवेदन दिइसकेपछि दुवै चरणमा ५० दिनभन्दा एक दिन बढी लगाउँदैनौँ, देशमा पूर्वाधार र विकासका लागि इआइए बाधक बन्ने छैन्।ु विकास निर्माणका कार्य सुरु गर्नुपूर्व इआइए गर्नका लागि लामो समय लाग्न जाँदा योजनाहरूले गति लिन सकेको थिएनन्। डेढ महिनामै इआइएको काम टुङ्ग्याउने हुँदा अब बिकास निर्माणमा इआइए बाधक नहुने मन्त्री बस्नेतले बताए। त्यस्तै, इआइए विस्तृत परियोजना प्रतिवेदन डिपिआरको एक अंग रहेको बताउँदै मन्त्री बस्नेतले डिपिआरको काम सम्पन्न नहुँदै इआइएको काम सम्पन्न गराउने गरि कार्य अघि बढाइएको समेत बताए। त्यस्तै, लामो समयदेखि चर्चामा रहेको धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माणका लागि व्यवहारिक रूप दिन लागिएको वन तथा वातावरण मन्त्री बस्नेतले बताए। जैविक विविधताको संरक्षण गर्दै गर्दा यसको उपयोग र लाभ पनि लिन पर्नेसमेत उनको भनाइ रहेको छ। कार्यक्रममा पुर्व शान्ति मन्त्री सत्य पहाडीको सहभागिता रहेको छ ।

गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि तीन ठाउँबाट प्रक्रिया अघि बढेको भए पनि धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माण गर्न व्यवहरिक रुप दिन लागिएको मन्त्रि वस्नेतले बताएपछि केवलकार निर्माण हुने निश्चित भएको छ। त्यस्तै, जिल्लाको पर्यटनको विकास र विस्तारका लागि केबलकार निर्माण अति आवश्यक रहेको कार्यक्रममा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। उनले भने, पर्यटनको विकास र विस्तारका लागि केबलकार निर्माण हुनु आवश्यक छ, त्यसैले निर्माणका लागि सबै क्षेत्रबाट पहल गर्न हामी अनुरोध गर्दछौँ, धुन्चेदेखि गोसाइँकुण्डसम्म केवलकार निर्माणका लागि जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले पठाएको फाइल मन्त्रालयमा पुगेको छ।

धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी साढे ६ किलोमिटर रहने छ। दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ। ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ। गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाइँकुण्ड केबलकार छोटो रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!