रुपगाडले रुप फेर्दा दैनिक सास्ती

सुकमाया थापा
डोल्पा ः गर्मीयाम सुरु भए लगत्तै डोल्पाका हिमालमा हिउँ पग्निन सुरु भएको छ । हिउँ पग्लिएपछि खोलामा पानीको बहाब बढ्दा स्थानीय खोलामा हालिएका पुलहरु क्षेति पुग्न थालेको छ । पानीकोबहावका कारण सवै भन्दा बढी क्षेति ठुलिभेरी नगरपालिकाको रुपगाडमा भएको छ ।
चैतमा ठुलिभेरी नगरपालिकाको रुपगाड खोलामा रहेको काठको पुल जिर्ण हुँदै गएपछि मानवीय क्षति हुँन सक्ने भन्दै सशस्त्र प्रहरीले आवतजावत गर्न रोक लगाएको छ । चैत देखि अहिले सम्म सो पुल निर्माण तर्फ ध्यान नदिंदा जाजरकोट – डोल्पा सडक खण्ड भित्र यात्रागर्ने सयौँ यात्रुहरु मर्कामा परेका छन् ।
दुनै देखी जुफाल,भित्री र सुपानी सम्म यात्रा गर्ने यात्रुवाहक जीपहरु काठको पुलबाट खोला पार गर्दै आएको भएपनि हाल अवरुद्ध हुँदा रोकिदै आएका छन् । पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर खोला पार गर्न बाध्य भएको स्थानीयको गुनासो छ । राष्ट्रिय सडक सञ्जाल सँग जोडिएको भनि निकै चर्चा भएको यो सडकमा दैनिक स्थानीयबासीहरु समस्यमा परेका छन् । दैनिक उपभोग्य सामग्रीहरु आयात, निर्यात गर्न समेत समस्य हुँदै आएको छ । यही बाटो भएर जाजरकोट,तल्लु,खदाङ र त्रिपुराकोट हुँदै सदरमुकाम दुनै पुग्ने गरिन्छ ।
स्थानीय सरकारले गर्न सक्ने सामान्य खालको काम समेत ध्यान नदिदा दैनिक समस्य परेको त्रिपुरासुन्दरी नगरपालिका– २ रुमका स्थानीबासी खीमबहादुर बुढाले गुनासो गनुभयो ।
दुनैमा सञ्चालनमा रहेको विद्युत सेवा लामो समय देखि बन्द भएपनि सो निर्माण तर्फ कसैले ध्यान नदिदा डोल्पा बत्ती मुनीको अध्यारो भएका नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताउनु भयो ।
डोल्पा जिल्लामा केन्द्रीय सरकार र प्रदेश सरकार बाट आएका बिभिन्न शीर्षकका योजनाहरु जनताहरुको हित हुने र डोल्पा जिल्लाको बिकास प्रति दिगो हुने गरी नभइ अल्पकालिन योजनाका कामहरु सञ्चालन भएपछि स्थानीय जनताहरु मारमा परिहरेको र हिजोको डोल्पा, आजको डोल्पा र भोलीको डोल्पा मा कुनै फरक नहुने कुरामा मिसन नेपाल राष्ट्र निर्माण अभियान डोल्पाका अध्यक्ष ओमेन्द्र केसीले आरोप लगाएका छन् ।










