गुट प्रचारमा आएका महामन्त्री खड्काले भने ः सरकार बनेदेखि जनता निरास

जाजरकोट ः नेपाली काँङ्ग्रेसका नेता हृद्यराम थानी जाजरकोट आएको केही महिना नबित्दै जाजरकोट आएका महामन्त्री पुर्णवहादुर खड्काले वर्तमान सरकारको कार्यशैलीले जनतामा निरासा वढेको बताएका छन् । थानीले आफ्नो गुट कार्यक्रतालाइ भत्काएर कम्जोर बनाएको भित्री चिन्तामा परेका खड्का वर्चश्व कायम गर्न जाजरकोट आउनुभएको काङ्ग्रेस निकट कार्यक्रताहरु बताउँछन् ।
महामन्त्री खड्काले दुइ तिहाइ बहुमत प्राप्त सरकारले जनचाहना अनुसार गतिशील काम नगर्दा सरकार र राजनैतिक दलहरु प्रति नै जनताको विश्वास घट्न थालेको बताउनुभयो ।
महामन्त्री खड्काले उक्त कुरा नेपाली काङ्ग्रेस जाजरकोटको जिल्ला सम्मेलनलाइ सदरमुकाम खलंगामा मंगलवार सम्वोधन गर्दै बताएका हुन् । अधिनायकवादी पाराले सरकार अघि वढ्दा देशमा अराजकता, भ्रष्टाचार र कुशासनको त्रास जताततै फलिएको बताए । महामन्त्री खड्काले सरकारले जनताको मत र विश्वासका बिरुद्ध गरिरहेका कामहरुको काङ्ँग्रेसले अभियान चलाएर भन्डाफोर गर्ने बताउनुभो ।
खड्काले नेपाली काङ्ग्रेसले वैशाख ११ गते देखि ऐतिहासिक जनआन्दोलनको सम्झना गर्दै देशव्यापी रुपमा एक महिने जागरण अभियान सुरु गर्न लागेको बताउनुभयो । जनताको घर घरमा गएर जनआन्दोलन , जनताको संविधान र शान्ति स्थापना मार्फत काङ्ग्रेसले स्थापना गरेको नयाँ राजनैतिक परिस्थितिमा काङ्ग्रेसको भुमिका र केपी वली नेतृत्वको सरकारका जनविरोधी भ्रष्ट कार्यहरु वारे जनतालाइ सुझाउन आफुहरु देशव्यापी रुपमा जागरण अभियानमा लाग्न लागेको बताउनुभयो । सरकार वनेको डेढ वर्ष सम्म पनि जनताले देशमा गतिलो सरकारको अनुभुति गर्न नपाएको उहाँले आरोप लगाउनुभयो ।










