माओवादी बनि लाभको पद लिने शाही , पाटी फेर्दे फेर्दे सुटुक्क काँङ्ग्रेस

जाजरकोट ः नयाँ शक्ति नेपालका वैकल्पिक केन्द्रीय सदस्य एवम शेरबहादुर शाही नेपाली काँङ्ग्रेसमा प्रवेश गरेका छन् । काँङ्ग्रेस जाजरकोटको सदरमुकाममा गरेको कार्यक्रता प्रशिक्षणमा उहाँले प्रवेश गनुभएको हो । पार्टी महामन्त्री पुर्णबहादुर खड्काले शाहीलाइ काँङ्ग्रेस प्रवेश गराएपछि स्वागत गनुभएको थियो । ३० वर्ष वाम राजनीति र बाँकी समय गैर वाम राजनीतिमा बिताएका शाहीले मंगलवार जाजरकोटमा आयोजित एक कार्यक्रममा नेपाली काँङ्ग्रेस प्रवेश गरेको घोषण गर्दै काँङ्ग्रेसको सदस्यता लिएका हुन् ।
१८ औं शताब्दीका माक्सवादी सिद्धान्तले अहिलेको समयमा सफल र असल लोकतन्त्रको अभ्यास गर्न नसक्क्ने र नेपाली वामपन्थी आन्दोलन सिद्धान्त विहीन भएका कारण आफु नेपाली काँङ्ग्रेसमा प्रवेश गरेको शाहीले बताए । जनताको निम्ति चाहिने असल विचार भनेको वहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक समाजवाद नै भएकोले आफुले नेपाली काँङ्ग्रेसको सिद्धान्त रोजेको शाहीले बताउनुभयो । अव देशका सवै युवा र राजनीतिलाइ सहि नेतृत्व दिन सक्ने पार्टी नेपाली काँङ्ग्रेस नै भएकोले आफु काँङ्ग्रेसमा आएको उहाँको भनाइ छ ।
नेकपा माले र नयाँ शक्ति नेपालको तर्फवाट यस अघि प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका शाही वावुराम भट्टराइ प्रधानमन्त्री हुदा माओवादीको सिफारिसमा नलसिंहगाड नलविद्यूत आयोजना विकास समितिको अध्यक्ष भएका थिए । माओवादीकै बलमा पटक , पटक लाभको पद खाएका शाही फेरी कुनै स्वार्थ देखेर अर्को पाटी गएको हुन सक्ने आरोप लागेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!