रिमीमा बन्ने भयो सुविधा यूक्त विद्यालय भवन

डोल्पा ः विद्यालय भवन नहुँदा समस्य भोग्दै आएका जगदुल्ला गाउँपालिका ६ रिमीका बालबालिकाहरु अव नयाँ कक्षा कोठामा बस्ने भएका छन् ।
सामाजिक बिकास मन्त्रालयले रु ५० लाख रकम विनियोजन गरी रिमी स्थित भगवती माध्यामिक बिद्यालयको नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो । नयाँ बन्न लागेको भवनको प्रदेशसभा सदस्य बीरबहादुर शाहीले उद्घाटन गर्नुभयो
आवश्यकताका आधारमा वजेट विनियोजन गरी काम अगाडी बढाइने सांसद शाहीले भरीखवरलाइ बताउनुभयो ।
सांसद शाहीको पहलमा कर्णाली प्रदेश सरकारले जिल्लाका बिभिन्न गाँउबस्तीहरुमा सडक,बिद्युत,भवन,संञ्चार लगायतका पुर्वाधार निर्माणका लागि करोडौँ बजेट बिनियोजन गरेको छ ।










