डिएनएबारे ७ तथ्य

डिएनए अर्थात् डिअक्सिराइबोन्युलिक एसिड मानिसको वंशाणु गुण हो । डिएनए प्राणीमा भएको आनुवंशिक नियमावलीको अणु हो, जुन घुमाउरो सिँढीको आकारमा हुन्छ । अब जानौँ, यसबारेका केही तथ्य
‍ डिएनएले जैविक जानकारी भण्डारण गर्छ, जो एक पुस्ताबाट अर्कोमा सर्छ ।

डिएनएमा भएका सूचना बोक्ने अणुले मानिसको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्छ ।

संसारका जति पनि मानिस छन्, उनीहरूको डिएनएमा ९९।९ प्रतिशत समानता हुन्छ ।

प्रत्येक मानिसमा ०।९ प्रतिशत डिएनएको संरचना मात्र फरक हुन्छ । जसबाट कुन मानिस हो भनेर पत्ता लगाउन सकिन्छ ।

सन् १८७९ मा स्विस चिकित्सक फेडरिक मिसचेरले डिएनए पत्ता लगाएका थिए । पछि उनलाई नोबेल पुरस्कारबाट सम्मानित गरियो ।

मानव शरीरका प्रत्येक कोषिकामा डिएनए हुन्छ । कोषिकाभित्र खुम्चिएर यो ०।९ माइक्रोमिटरको लम्बाइमा अटेको हुन्छ ।

डिएनएमा जीवित प्राणीको सम्पूर्ण जानकारी रहेको हुन्छ, जो परीक्षण गर्दा पत्ता लाग्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!