वर्चस्व कायम गर्न थानी पछि महामन्त्री खड्का जाजरकोट आउँदै

जाजरकोट ः नेपाली काँङ्ग्रेस जाजरकोटले वैशाख ३ मा कार्यकर्ता सम्मेलन गर्ने भएको छ ।नेता हृदयराम थानी आएको केही महिना नबित्दै पुर्णबहादुर खड्का जाजरकोट आउन लागेका हुँन् ।
महामन्त्री एवंम पुर्णबहादुर खड्काको उपस्थितिमा काङ्ँग्रेसले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक, विभिन्न भातृ तथा भगिनी सँस्थाका नेता कार्यकर्ताहरु र अन्य समर्थकहरुको सहभागितामा  सम्मेलन गर्न लागेको नेपाली काँग्रेस जाजरकोटका सचिव खडक विसीले बताए ।
उहाँले पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ताहरुको परिचालनमा सहयोग पुर्याउन पहिलो पटक जिल्ला सम्मेलन गर्न लागिएको बताए । सदरमुकाम खलंगामा आयोजना हुने उक्त सम्मेलनमा काँङ्ग्रेस जाजरकोटका सवै नेता कार्यकर्ता र समर्थक अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको पनि सचिव विसीले बताए ।
सम्मेलन मार्फत जाजरकोट काँङ्ग्रेसलाइ सांगठनिक एवम वैचारिक रुपमा शसक्त बनाउन मद्दत पुग्ने काँग्रेस नेताहरुको भनाइ छ । दुइ वर्ष अघि सम्पन्न स्थानीय तहको चुनाव र डेढ वर्ष अघि सम्पन्न प्रदेश र संघीय संसदको चुनावमा पार्टीले वेहोरेको हारको उचित समीक्षा गर्ने र पार्टीको संगठन निर्माणको निष्कृयतालाइ सक्रियतामा बदल्ने अस्त्रको रुपमा सम्मेलनलाइ लिइएको नेताहरु बताउछन् ।
नेपाली काङ्ँग्रेसलाइ गाउँ मुखी बनाएर काँङ्ग्रेसका नेता कार्यकर्ता शुभचिन्तक समर्थक सवैले गर्नुपर्ने कामका वारेमा सम्मेलनमा व्यापक छलफल हुने काङ्ँग्रेस जाजरकोटका नेता वेदराज सिंहले बताए । उनले काँङ्ग्रेसको विद्यान अनुसार आयोजना गरिएको सम्मेलनले नेपाली काँङग्रेसको संगठन बलियो बनाउन र नेता कार्यकर्ताहरुमा उर्जा थप्न ठुलो भुमिका खेल्ने बताए । जिल्लाका सातै स्थानीय तहका ७७ वटा वडावाटै पार्टी र विभिन्न भातृ संस्थाका अगुवा कार्यकर्ताहरुलाइ सदरमुकाममा उतारेर सम्मेलन भव्य बनाउने तयारी भइरहेको काँङ्ग्रेसले जनाएको छ ।

सम्मेलनको उद्घाटन सार्वजनिक रुपमा खुला मन्चमा गर्ने र छलफलको सत्र विशेष स्थानमा गर्ने गरि कार्यक्रम तय गरिएको काँङ्ग्रेसले जनाएको छ । दुइ वर्ष अघि स्थानीय तहको चुनाव सकिए देखि पार्टीका कार्यकर्तालाइ प्रशिक्षण दिने, सत्तारुढ नेकपाका गलत कामहरुको भण्डाफोर गर्ने, चुनाव हारेर निरास बनेका नेता कार्यकर्ताहरुलाइ पार्टी निर्माणको जिम्मेवारी दिने, अहिलेको अवस्थामा पार्टीलाइ कसरी अगाडि लिने भन्ने वारेमा काँङ्ग्रेसको जिल्ला देखि केन्द्रले ठोस नीति निर्णय र अभियान चलाउन नसकेको तल्लो तहका नेता कार्यकर्ताहरुको व्यापक गुनासो रहेको एक नेताले बताए ।

पार्टीको जिल्ला सम्मेलनमा यिनै विषयमा व्यापक बहस र छलफल हुनुपर्ने उहाँले बताउनुभयो । वैशाख ३ गतेको जिल्ला सम्मेलनलाइ भव्य र सफल रुपमा सञ्चालन गर्नका लागि प्रचार प्रसार र व्यवस्थापनको कामलाइ तिव्रता दिइएको काँग्रेस जाजरकोटका सभापति दिपकजंङ्ग शाहले बताउनुभयो । काँङ्ग्रेस नेता हृदयराम थानी जाजरकोट आए लगत्तै खड्का जाजरकोट आएर छलफल गर्नुले अर्थपुर्ण रुपमा लिइएको छ ।





error: Content is protected !!