पूर्व सांसद गुरुङ अपाङ्गता महासंघको महिला उपाध्यक्षको उम्मेदवार

नेत्र शाही÷ बिराटनगर,
। नेपाली अपांगता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ८ औ राष्ट्रिय महाधिवेशन बिराटनगरमा भईरहेको छ ।
महाधिवेशनमा देशभरका अपाङ्गता अधिकारमा कार्यरत संस्थाका प्रतिनिधी अपाङ्गता भएका व्यक्तिहरु अहिले विराटनगरमा भेला भएका छन् । महासंघको नयाँ नेतृत्व चयन गर्न विभिन्नले उम्मेदवारी दिएर मतदान प्रक्रिया भईरहेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको निर्वाचनका उम्मेदवारहरु मध्य महिला उपाध्यक्षमा उम्मेदवारी भने पूर्व सांसद (अतिअशक्त) अपाङ्गता भएका व्यक्ति ईन्दिरा गुरुङको समेत परेको छ ।
वि.सं २०६४ सालमा तत्कालिन नेकपा माओवादीले समानुपातिकमा चयन गरेर सांसद वन्नुभएका सांसद ईन्दिरा गुरुङ अहिले अपांगता अधिकारको नेपालको सर्वच्व संस्था राष्ट्रिय अपाङ्ग महासंघमा उम्मेदवारी दिदा धेरैका लागि अच्चम भएको छ । तर पूर्व सांसद गुरुङ अपाङ्गताको सवालहरुमा लड्न र अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि भन्दै सामाजिक संस्थाको पदमा कम्यूनिष्ट प्यानलबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले अपाङ्गता अधिकार प्राप्त गर्न सडक देखी सदन सम्म लागि रहनुपर्ने आवश्यक रहेको बताउनुभयो ।


राष्ट्रिय अपांग महासंघ नेपालको महाधिवेशनमा भने पहिलो पटक खुला राजनतिक रुपमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रेका छन् । नेकपा निकटको अपाङ्गता संगठनको तर्फवाट मित्रलाल शर्माको नेतृत्वको प्यानल र लोकतान्त्रिक अपाङ्गताको क्षेत्रबाट गणेश केसी नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रेका छन् । नेकपा अर्का उम्मेदवार पूर्व जनमुक्ति सेना अपाङ्गता भएका व्यक्ति राम कार्कीको उम्मेदवारी परेपनि मित्रलाल शर्माको प्यानललाई समर्थन गर्दै फिर्ता लिएका छन् । नेकपा निकटका पदाधिकारीहरुमा रमेश लामा बरिष्ठ उपाध्यक्ष, र सचिब धनप्रसाद न्यौपाने चुनावी मैदानमा उत्रेका छन् । दृष्टिविहिन अपाङ्गता भएका व्यक्ति न्यौपाने कर्णालीको जुम्लाका हुन । यसैगरी महासचिव पदमा वौद्धिक अपांगताका अभिभावक राजु बस्नेत निर्विरोध र कर्णालीबाट कालिकोटका केशव देवकोटा निर्विरोध निर्वार्चित भएका निर्वाचन समितिले जनाएको छ । यसैगरी लोकतान्त्रिक प्यानलका महिला उपाध्यक्ष रमा ढकाल सहितको उम्मेदवारी परेको छ ।
प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा भईरहेको महाधिवेशनको उद्घाटन भने मुख्यमन्त्री शेरधन राईले गर्नुभएको छ । मुख्य मन्त्री राईले अपाङ्गता अधिकारको लागि सरकारले अव कुनै कसुर नराख्ने गरी प्रदेश र स्थानीय कानूनहरु निर्माण गरिनुपर्ने बताउनुभयो । महाधिवेशन उद्घाटनमा बिराटनगर पुग्नु भएका नेकपा प्रतिनिधिसभा सांसद तथा पूर्व शान्ति मन्त्री सत्य पहाडीले जव अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकार सुनिश्चित हुदैन तव सम्म अपाङ्गताको समृद्धि नहुने भएकाले नेकपा अव सहभागिता गर्नुपर्ने बताउनुभयो । नेकपाका सांसद बिजय सुब्बाले अपांगताको आवाज र श्वर एक भएका अधिकार प्राप्ति हुने् बताउनुभयो ।
महासंघमा अहिले देशभरका ३४० बढि अपांगता अधिकार सम्वन्धी काम गर्ने संस्थाहरु छन् । महासंघ बर्गिय रुपमा दशै प्रकारका अपांगता भएका व्यक्तिहरु सहभागिता जनाउने साझा थलोको रुपमा स्थापित भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!