डोल्पालाई चिनाउने ,डोल्पाली नेताकै काधमा


सुकमाया थापा

डोल्पा ः भुगोलले सवै भन्दा ठुलो जिल्ला डोल्पा विकासले हिसावले पछि परेको छ । कर्णाली प्रदेशको डोल्पामा विकास गर्नका लागि कडा , भुनोट र राज्यको लगानी कम गर्दा बर्षेनी डोल्पा पछि पर्दै आएको छ ।
भुगोललाई ध्यान दिएर राज्यले बजेट विनियोजन गरेमा मात्र देशका सवै ठाउँमा समानुपातिक रुपमा विकास हुँने विश्लेषण नभएको पनि होइन् , तर मुठीभरमा मान्छेले पहुँचको भरमा बजेट पस्कदा सधै डोल्पा शौतेनी व्यवहार खप्न बाध्य भएको छ । सडक , विद्युत र टेलिफोनको पहुँच नहुँदा यहाँका आमनागरिकहरु वर्षेनी समस्य सँग जझ्दै आएका छन् । डोल्पाको उत्पादन हुँने अन्नले डोल्पामा तीन महिना मात्र खान पुग्ने यहाँको अर्को बाध्यता हो । डोल्पाको जडीवुटीले संसारमा मानिसहरु सन्चो हुन्छ तर स्वयम डोल्पाको घाउँ भने अझै निको हुँन सकेको छैन् ।

वर्षेनी हिमपातकै कारण माथेल्लो डोल्पामा मानिसको अकालमै ज्यान गएपनि हप्तौ पछि सो घटना सार्वजानिक हुन्छ । डोल्पालाई संमृद्धीको बोटोमा ल्याउन केन्द्रीय राज्य सत्ताले देशका अन्य ठाउँमा विनियोजन गरेको वजेटले मात्र पुग्दैन , यहाँ त देशका अन्य ठाउँमा छुट्याएको बजेट बरावर डोल्पा ल्याउन सामग्रीको भाडामै सकिने गर्दछ । डोल्पाको विकास र संमृद्धी सँग यहाँका केन्द्रीय राज्य सत्ताको बागडोर समालेका नेताहरुको सक्रिया सहभागिता भएमा मात्र डोल्पाको विकासरुपी चाहना पुरा हुँने छ । जिल्लाले दुई पटक मन्त्री पाइसकेको छ । अहिले पहलवाला पर्यटन राज्य मन्त्री धनबहादुर बुढा केन्द्रीय राज्यसत्तामा डोल्पाको दरिलो खम्वाको रुपमा देखिनुभएको छ , तर सोही अनुसार विकास निर्माणमा वजेटको माग र कार्यन्वयनको अद्भुत चाहना प्रकट गरेका छन् ।

त्यो चाहना पुरा भएमा राजनीति सफल हुँने छ भने , पुरा भएन भने फेरी पनि सिंहदरवारमा मन्त्रीको तस्वीर थप्नु मात्र काम हुँने डोल्पालीको विश्लेषण छ । बढ्दो भ्रष्टाचारलाई न्यूनिकरण गरी नतिजामुखी बजेट कार्यन्वयन गरी काम अगाडी बढाएमा मात्र डोल्पाको संमृद्धीको ढोका खुल्न धेरै समय लाग्ने छैन् ।
अहिले पर्यटन क्षेत्रको सवै भन्दा बढी सम्भावना बोकेको डोल्पा , त्यसमा डोल्पालीकै छोरा पर्यटन मन्त्री भएकै कारण यहाँका जनताले नतिजामुखी काम खोज्नु स्वभाविक भएको विश्लेषण गरिन्छ । पर्यटन मन्त्रालय र संसदविकास कोषको रकमबाट वितरण गरिएको योजनाहरु नतिजामुखी भएर दिगो व्यवस्थापन सहित विकासरुपी चाहना पुरा गर्न ईमान्दार प्रयास जारी राख्न डोल्पालिको माग छ । त्रिपुरासुन्दरी नगरपालिका – १ त्रिपुराकोट बगर देखी वडा नं २ रल्ली,मद्युु रुम रसी हुँदै फेरी रुम देखी सुलिगार्ड सम्मको १६ किलो मिटर बाटो निर्माण कार्य सञ्चालनमा रहेको छ । पर्यटन मन्त्रालय बाट रु ३५ लाख र संसद विकास कोष बाट रु ५० लाखको कुल जम्मा ८५ लाखको बजेट विनियोजन भइ सडक बाटो निर्माण गरिएको पर्यटन राज्य मन्त्री धनबहादुर बुढाले बताउनुभयो ।


डोल्पाको सडक निर्माणको कामलाई तिव्रता दिएर अगाडी बढेमा मात्र डोल्पाको सपना हुँने मन्त्री बुढाको भनाई छ । बोलेको कुरा पुरा गर्ने भन्दै विश्वास आर्जन गरेका बुढालाइ यहाँका जनताले अझै गाउँ , गाउँमा विकासका मुल फुटाउन सवै सँग सहकार्य गरेर अगाडी बढ्न र वजेटमा हुँने अनियमिततामा ध्यान दिन स्थानीयले सुझाव समेत दिएका छन् । त्रिपुरासुन्दरी नगरपालिका– २ रुम रसीका स्थानीयबासीले हामीलाई दिएको बचन पुरा भएको भन्दै खुसी भएको बताएका छन् । सडक निर्माण पुरा गरी मन्त्री बुढाले नै उद्घाटन गर्नुपर्ने स्थानीयको भनाई छ । आफ्नो गाउँघर बाट सदरमुकाम दुनै,जुफाल,त्रिपुराकोट बगरमा कठिनाइका बाबजुत यात्रा गरेका स्थानीयहरु घर आगनमै सडक बाटो निर्माण भएपछि रुम रसीका स्थानीयबासी खुसी भएको बताएका छन् ।
अहिले पर्यटन पदमार्ग निर्माण कार्य जारी रहेकोले गुणस्तरमा ध्यान दिन स्थानीयले सुझाव दिएका छन् । अहिले ५ किलोमिटर बाटो निर्माण भइसकेको र सुलिगार्ड सम्मको सडक निर्माण कार्य जारी रहेको छ । अहिलेको बजेटले सुलिगाड सम्म सडक लिनका लागि प्रयाप्त बजेट नभएकोले तुरुन्तै सो बजेट थप्नका लागि गृहकार्य थाल्न स्थानीयबासीको माग छ । त्रिपुरासुन्दरी गनरपालिका – १ त्रिपुराकोट बगर देखी वडा नं २ रल्ली,मद्यु रुम रसी हुँदै रुम देखी सुलिगार्ड सम्मको करिव १६ किलोमिटर बाटो निर्माण गर्नको पटक , पटक राजनीतिक नेतृत्व सँग सहकार्य र समन्वय गरिएको वडा नं २ का जागरुक युवा संगका कोषध्यक्ष खीमबहादुर बुढाले बताउनुभयो ।
विकासका लागि सवै एकजुट हुनुपर्ने र त्यसका लागि यूवाजनशक्ति सवै भन्दा बढी सक्रिय भएर लाग्नुपर्ने बुढाको भनाई छ ।
मन्त्री बुढालाई यहाँका स्थानीयले पुरा सडक निर्माणका लागि थप वजेटको व्यवस्था गर्न माग गदै विकास रुपी मनलाई गन्तव्यमा दिन अनुरोध गरेका छन् । त्रिपुराकोट बगर देखी वडा – २ रल्ली,मद्यु रुम रसी हुँदै रुम देखी सुलिगाड उपभोक्त समितीकी अध्यक्षा कमला बुढाले तत्काल हाम्रो माग पुरा गरी यहाँका जनताको गाडी चढ्ने सपना निर्धारित मितिमा पुरा हुँनेमा आशावादी भएको बताउनुभयो ।
सडक निर्माण भएमा आफुले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्न र पर्यटकीय क्षेत्रलाई थप उचाइमा लिन टेवा पुग्ने विश्वास लिइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!