तीर्थ गएका हिउँ पहिरोमा परी तीन जनाको बेपता

सुकमाया थापा
डोल्पा, टेलिफोन सम्पर्क हुँन नसक्ने माथेल्लो डोल्पामा हिउँ हिरोमा परी तीन जना बेपता भएका छन् ।
माथेल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका –३ शेलरीढुक्टा शे गुम्वा स्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थ ,वर्तका लागि जाँदै गर्दा तीन जना बेपता भएका हुँन् । वेपता हुँनेहरुमा शे फोक्सुण्डो गाउँपालिकामा – ३ फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेका सांसद सत्य पहाडीले टेलिफोन मार्फत जानकारी दिनुभयो ।
यत्ता डोल्पा प्रहरी प्रमुख (डिएस्पी) अवदेश विष्टले घटना पुष्टि गदै हिमभारी मात्रामा भएका कारण घटनास्थल सम्म पुग्न समस्य भएको बताउनुभयो । बेपताको खोजीका लागि सांसद तथा पुर्व शान्ति मन्त्री सत्य पहाडीले विशेष माग गर्नुभएको छ ।










