वेपताको खोजी कार्य तत्काल गर्न पुर्व मन्त्रीको माग

डोल्पा ः डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ३ शेखरीढुक्टामा हिउँ पहिरोमा परी तीन जना वेपता भएको खवरले अत्यन्तै दुखी बनाएको पुर्व शान्ति मन्त्री सत्य बताउनुभयो ।
एक विज्ञप्ति प्रकाशित गदै पुर्व मन्त्री तथा सांसद पहाडीले वेपताको खोजी कार्य तत्काल गर्न माग गर्नुभउको छ । चैत १७ गते देखि वेपता हरुको खोजी कार्य ढिला भएको भन्दै उहाँले राज्यले उदासिन्ता देखाएको बताउएको छ । शे फोक्सुण्डो गाउँपालिकामा ३ शे गुम्बाबाट तिर्थयात्र गर्ने क्रममा शेल्रीढुक्टा आसपासमा शे फोक्सुण्डो गाउँपालिका वडा ३ बस्ने फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङको बेपता भएका छन् ।तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका ५ सुर गाउँमा आगलागीबाट लाखौंको धनमालको क्षतीको खवरले अति दुखित बनाएको उल्लेख गर्नुभएको छ । यस घडीमा सबैमा धैर्यता र एकताका साथ राहत र उद्धारमा लाग्न हार्दिक अनुरोध गरिएको छ ।
क्षतीपुर्ती र, राहत र पुनर्स्थापनाको लागि नेपाल सरकार , प्रदेश सरकार लगायत सबैमा बिशेष अनुरोध गनभएको छ । सथै पीडित जनहरुमा हार्दीक सहानुभूति र सहयोग गर्ने बाचा गर्दै सहयोग , राहत र उद्धारमा जुट्नु हुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु भनिएको छ ।










