अर्गानिक विषादीले आयातिम आयातित रासानिक मल विस्थापित हुँदै


सुकमाया थापा

२० , चैत डोल्पा ः रसायनिक विषादी मौलाई रहेको अवस्थामा डोल्पामा भने प्राङ्गगारिक मलको प्रयोग गरी अर्गानिक उत्पा न हुँन थालेको छ । ठुलीभेरी नगरपालिका ९ मोतिपूरका कृषकहरु प्राङ्गगारिक मलको प्रयोग गरी बिभिन्न बस्तुहरु उतपादन गर्न थालेका छन् । घरेलु जडीवुटी प्रयोग गरी तरकारी बालीमा लागेको रोगको निदान गदै आएको कृषक रामबहादुर थापाले बताउनुभयो । उनले भने , “ मोतीपुरका ५३ वटा घरधुरीमध्ये १२ घरमा विगत एक वर्षदेखि जैविक बिषादीको उत्पादन गरी निशुल्क वितरण गरिदै आएको छ , ” ।
आयतित विषादीले माटोको उर्वरा शक्ति नाँस हुँनुका साथै सो तरकारी खाँदा स्वास्थ्यमा असर पर्ने भएकाले स्थानीय स्तरमा उत्पादन गरिएको औषधी प्रयोग गरी रोग नियन्त्रण गरी व्यवसायिक रुपमा तरकारी खेतीम लागेको बताएको छ ।
उनका अनुसार बर्षायाममा कुहिएर जाँने बिभिन्न तितो,पिरो,अमिलो,टर्रो झारपात र अन्य बस्तुहरु बाट प्राङ्गगारिक मल बनाइ खेतबारीमा प्रयोग गर्दा उत्पादन राम्रो हुँनुका साथै स्वास्थ्यय, ताजा खान पाइएको छ । तितेपाती,टिमुर,ओखरको पात,लिण्डे,खुर्सानीलगायतका दर्जनौ झारपातहरु विगतमा त्यतिकै खेर गएपनि अहिले सो बस्तुहरु मिलाएर मल बनाउँदा मलकै लागि दुख पनि कम भएको किसानहरुले बताएका छन् ।
सुरु सुरुमा कुहिएर खेर जाँने बस्तुबाट के मल होला भन्ने चेतना थियो , अहिले काम गदै जाँदा राम्रो काम भएपछि सोही बस्तु औषधीका रुपमा प्रयोग मात्र भएको छैन् , माटोको उत्पादन क्षमता समेत बढाएको अर्का किसान कालीबहादुर थापाले बताए । अहिले मोतीपुरमा उत्पादन गरेको तरकारी राम्रो हुन्छ भन्दै माग अत्यधिक बढेको उनले बताए । कर्णाली जनजिविका कार्यक्रमको प्राविधिक सहयोगमा मोतीपूरको वस्तीमा प्लाष्टिकका ड्रममा जैविक औषधी बनाइ जिल्लाका रुम,त्रिपूराकोट,जुफाल,डाँगीवाडा लगायतका क्षेत्रमा निशुल्क वितरण गदै आएको बताएको छ ।
जैविक रुपमा तयार पारिएको सो औषधीबाट अहिले यहाँका किसानहरु अर्कषित भएको बताएको छ । अव यो जैकि औषधी जिल्ला भरी व्यापक रुपमा वितरण गरिने योजना रहेको केड नेपालका वरिष्ठ कृषि प्राविधिक कृष्णराज भामले जानकारी दिए।

उनका अनुसार यो विषादी मात्र नभएर मल पनि भएको र आम्दानीको पनि राम्रो आधार भएकाले डोल्पा जिल्लामा उत्पादन गरेर बाहिर जिल्लामा समेत निर्यात गर्न सकिने दावी गरे।
वर्षमा हाल १ हजार २ सय घरधुरीले एक सय लिटरभन्दा धेरै उत्पादन गरी जैविक मल गाउँगाउँका कृषकलाई निशुल्क वितरण गरी रहेकाले छ । स्थानीय सरकारले पनि रसायनिक मल खरिद समेत बन्द गर्नुका साथै पहिला खरिद भएका विषादी समेत ताला लगाइएको र जैविक मललाई उत्पादनमुखी बनाउनेमा जोड दिने वडा ९ का अध्यक्ष बिरमल कुमार भण्डारीले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!