हावा, हुरीबाट घर,बास उजाडिएकालाई जाजरकोटमा राहत संकलन

जाजरकोट , यहाँका यूवाहरुले बारा र पर्सा जिल्लामा हावा, हुरीले बाट घरबास उजाडिएका पीडितलाई राहत संकलन गरेर पठाएका छन् ।
जिल्ला सदरमुकाममा रहेका व्यापारी तथा स्थानीयबासीहरु बाट संकलन गरिएको केही परिमाणको सामग्री प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई हस्तान्तरण गरी पीडित सम्म पुर्याउने कार्य भएको यूवा नारायण घर्तीले भेरीखवरलाई जानकारी दिनुभयो ।
१९७ थान जुत्ता र चप्पल , १५३ थान कपडा प्रजिअ बस्नेतलाई हस्तान्तरण गरी पीडित सम्म पुर्याउने अभियान सुरु भएको छ । प्रजिअ बस्नेतले सो सामग्री वुझदै सम्वन्धित ठाउँमा विभिन्न संयन्त्र प्रयोग गरी उपलव्ध गराईने बताउनुभयो ।
त्यस्तै अर्का यूवा विश्वविक्रम शाहले हरेक नेपालीलाई दुख पर्दा सवै मिलेर सहयोग , सदभावको देखाएमा मात्र हाम्रा समस्य साझा बन्ने बताउनुभयो ।










