जैविक बिषादीको प्रयोगमा कृषक आकर्षित

डोल्पा ः रसायनिक विषादी मौलाइ रहेको अवस्थामा डोल्पामा जैविक रसादीको महत्वबारे कृषकलाई बुझाउन थालिएको छ । जिल्लाको ठुलीभेरी नगरपालिका ९ मोतिपूरको वस्तीमा जैविक रसादीको बारेमा महत्व बुझाउँदै उत्पादन थालिएको हो ।जैविक रसादी प्रयोग गरी स्वस्थ उत्पादन गर्न कृषकलाई जागरुक गराउन लागिएको छ ।

मोतीपुरका ५३ वटा घरधुरीमध्ये १२ घरमा विगत एक वर्षदेखि जैविक रसादीको उत्पादन गरी निशुल्क वितरण गरिएको कृषक बिमला थापाले बताइन्।

रासायनिक विषादीले माटोको स्वरुप नै बिगारेको र जैविक रसादीको उत्पादन गरी पुस्तौंसम्मको माटोको उर्वरा शक्ति बचाइ राख्न कृषकलाई प्रयोग गर्न उत्प्रेरित गरिरहेको अर्का कृषक लालबहादुर कठायतले जानकारी दिए।

लालबहादुरकाअनुसार बर्खाको समयमा कुहिएर खेर जाने तितो,पिरो,अमिलो,टर्रो झारपातको प्रयोग गरेर जैविक मल बनाइने गरेको बताए। स्थानीयस्तरमा पाइने तितेपाती,टिमुर,ओखरको पात,लिण्डे,खुर्सानीलगायतका दर्जनौ झारपात मिलाएर जैविक रसादीको उत्पादन गरिएको छ।

पहिलापहिला विश्वास लागेन, बर्खाभरी बनायौं, हिउँदभर तरकारीमा प्रयोग गर्यौं।मलबाट आम्दानी बढेको र माटोको उर्वरा समेत बढेर यही वर्षको हिउँदमा लाखौं रुपैयाँ तरकारीबाट आम्दानी गरेको हासी नेपालीले बताइन्।

उनले भनिन्,ु दिनमा १५ सय भन्दा धेरैको आम्दानी हुन्छ। हामी दलित परिवारमा आम्दानीको स्रोत बनेको छ।ु हिउँदको समयमा दुनै बजारमा मोतीपूरको तरकारी बाहेक अन्यत्रको कतैको नबेचेको हासी नेपालीले सुनाइन्।

कर्णाली जनजिविका कार्यक्रमको प्राविधिक सहयोगमा मोतीपूरको वस्तीमा प्लाष्टिकका काला ड्रममा जैविक रसादी उत्पादन गरी जिल्लाका रुम,त्रिपूराकोट,जुफाल,डाँगीवाडालगायतका क्षेत्रमा निशुल्क वितरण गरिएको छ।

जैविक रसादीको प्रयोगले तरकारीमा रङ हरियो हुनुका साथै स्वादमा मिठास आउने र स्वास्थ्यका लागि फाइदाजनक भएकोले यसबारे कृषकलाई बुझाउन नसकिएको ९केड०नेपालका वरिष्ठ कृषि प्राविधिक कृष्णराज भामले जानकारी दिए।

उनका अनुसार यो विषादी मात्र नभएर मल पनि भएको र आम्दानीको पनि राम्रो आधार भएकाले डोल्पा जिल्लामा उत्पादन गरेर बाहिर जिल्लामा समेत निर्यात गर्न सकिने दावी गरे।

वर्षमा हाल १२ घरधुरीले एक सय लिटरभन्दा धेरै उत्पादन गरी जैविक मल गाउँगाउँका कृषकलाई निशुल्क वितरण गरी रहेकाले स्थानीय सरकारले पनि रसायनिक मल खरिद समेत बन्द गर्नुका साथै पहिला खरिद भएका विषादी समेत ताला लगाइएको र जैविक मललाई उत्पादनमुखी बनाउनेमा जोड दिने वडा ९ का अध्यक्ष बिरमल कुमार भण्डारीले प्रतिबद्धता जनाए।

स्थानीयस्तरमा उत्पादन थालिएको जैविक रसादीको प्रयोगले मानिस स्वस्थ्य हुनुका साथै माटोको उत्पादन शक्ति बचाइ राख्दछ। बाख्रा भेडा गाई भैसीलाई जुम्रा परेको बेलामा प्रयोग गर्दा समेत जुम्राहरु बागेकोले मिलाइ कृषकले पशुवस्तुमा समेत प्रयोग गर्ने गरेको पाइएको  अन्नपुर्णमा छापिएको छ।




सम्बन्धित समाचार


error: Content is protected !!