खानेपानीको समस्यमा दुनैबासी

रुपलाल बोहोरा
डोल्पा १६ चैत ः हिउँदयाम लागेसँगै सदरमुकाम दुनैमा खानेपानीको समस्य भएको छ ।

सदरमुकाम समेत रहेको ठुलीभेरी नगरपालिका– ३ अन्तरर्गत जिविस टोलमा ५ दिन देखि पानी नआउँदा खानेपानीको अभावमा समस्य उत्पन्न भएको हो ।

यहाँ रहेका आठ वटा धारामा पानी आउँन छाडेपछि जिल्ला समन्वय समिमिको धाराबाट ल्याएर पिउन बाध्य भएको स्थानीयबासीले बताएका छन् । ५ दिन देखी धारामा पानी नआउँदा होटल व्यवसाय चलाउन समेत मुस्किल भएको स्थानीयबासी सम्झना बुढाथोकी बताउनुभयो ।

पानीको समस्य भएपनि समाधानको उपाय नखोजिएको भन्दै स्थानीय बुढाथोकीले भन्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!