धार्मीक महत्वको त्रिपुरासुन्दरीमा भौतिक संरचना निर्माण गर्न माग

सुकमाया थापा
डोल्पा ः विश्वमा प्रख्यात भएको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा रहेको त्रिपुरासुन्दरी मन्दिरलाई भौर्तिक संरचनामा निर्माणमा स्थानीयले जोड दिएका छन् ।

देशका १ सय पर्यटकीय स्थल मध्य डोल्पाको त्रिपुरासुन्दरी मन्दिर धार्मीक तथा पर्यटकीय स्थलमा रुपमा सुर्चीकृत भएको छ । प्रधानमन्त्री देखि देश र विदेशका उच्च तहका व्यक्तिले समय ,समयमा दर्शन गर्न आउँने यो मन्दिरमा पर्याप्त भौर्तिक संरचना निर्माण गरिनुका साथै प्रचार प्रसार भएमा संसार भर थप चर्चा गरी परिचित बनाउन सकिने स्थानीयको माग रहेको छ । डोल्पा जिल्लामा रहेको सम्पुर्ण धार्मीक स्थलहरुमध्यमा मुख्य धार्मीक स्थलको रुपमा रहेको त्रिपुरासुन्दरी मन्दिरलाइ नमुना पर्यटकिय स्थल बनाउनको लागी धेरैकुराहरुको आवश्यकता परेको छ यि आवश्यकताहरु परीपुती गर्नको लागि आर्थीक को कमी भएको छ ।
मन्दिर निर्माणका लागि पर्यटन मन्त्रालयबाट प्राप्त रु ५० लाख र कर्णाली प्रदेश पर्यटन क्षेत्र विकास बाट प्राप्त रु २५ लाख रकमलाई मन्दिरमा आउने भक्तजनहरुको आवासगृह निर्माणमा खर्चिने बताएको छ । त्यस्तै प्रदेश सरकारबाट फूलपाती मन्दिर देखी कालो ढोका सम्ममा स्टीलको रिलिङ निर्माण गर्न रु १५ लाख र अन्य संरचान निर्माणका लागि थप वजेट माग गरिने निर्णय भएको बाला त्रिपुरासुन्दरी कोष समितीका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले जानकारी दिनुभयो ।
बाला त्रिपुरासुन्दरी कोष समिति अध्यक्ष लक्ष्मीकान्त उपाध्यायको अध्यक्षतामा र त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख ओमबहादुर बुढा,ठुलिभेरी नगरपालिकाका उप प्रमुख योगेन्द्र बहादुर शाही,मिसन नेपाल डोल्पाका अध्यक्ष ओमेन्द्र के.सी,त्रिपुरासुन्दरी मन्दिरका सरोकारवालहरु पुजारी,निसानी,छडिदार,फूलारा लगाएत आम सरोकारवलाहरुको उपस्थितीमा अध्यक्ष कोष विकास समितीको बैठक सम्पन्न भएको सेडा नेपाल डोल्पाका सामाजिक परिचालक अधिकृत टिकादक्त न्यौपानेले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!