रेडियो डोल्पा आठ वर्षमा प्रवेश

डोल्पा ः डोल्पाको पहिलो सामुदायिक रेडियो डोल्पा एफ एम आठ वर्षमा प्रवेश गरेको छ । नियमित रुपमा प्रशारण रही डोल्पालीको सुचनाको पहरेदार रुपमा स्थापित भएको रेडियो डोल्पा दुनैमा स्टुडियो स्थापना भइ प्रशारण हुँदै आएको छ ।

१ सय वाट क्षमतामा प्रशारणमा रहेको रेडियोले विद्युत नभएको समयमा समेत जेनेरेटर मार्फत सेवा दिएको रेडियोकी पत्रकार तथा समाचार संयोजक सुकमाया थापाले जानकारी दिनुभयो । रेडियो नयाँ क्षमतामा आउँने र डोल्पाका सवै ठाउँमा आफ्नो पहुँच विस्तार गर्न लागेको रेडियो प्रशासनले जानकारी दिएको छ । रेडियोमा अधिकांश कर्मचारीहरु महिला नै रहेका छन् ।

मछेल्लो समयमा डोल्पामा अन्य केन्द्रीय मिडियाको पहुँच नभएको डोल्पामा रेडियो डोल्पामा त्यसको माग पुर्ती गरेको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!