चिकित्सकले आफैले गरेको सिफारिस आफै बदर

जाजरकोट ,  माध्यमिक शिक्षा परीक्षामा सट्टा राख्ने त्रिभुवन मावि परीक्षा केन्द्रका तीन परीक्षार्थीको सट्टा हटाएको छ ।
चिकित्सकको सिफारिसमा आइतबार अंग्रेजी विषयको परीक्षामा सट्टा राखेर त्रिभुवन मावि खुल्ला तर्फका तीन जना विद्यार्थी परीक्षा दिएका थिए । सोमबार सट्टा राखेका विद्यार्थीले जालसाँझी गरेको भन्दै जाजरकोट अस्पतालमा जाँच पछि जगत विक , रामहादुर वुढा र दीलकुमारी खड्काको सट्टा हटाएर स्वयम परीक्षार्थीलाइ परीक्षामा सहभागी गराएको छ ।
चिकित्सकको सिफारिसको आधारमा आइतबार अंग्रेजी विषयको परीक्षा दिदा सट्टा राखेका तीन विद्यार्थीको आज जाजरकोट अस्पतालमा जाँच गर्दा पुर्ण हातमा समस्य नभएको खुलेपछि सट्टा हटाएको  हो । । चिकित्सकले सिफारिस गरे अनुसार हातमा गम्भीर समस्या नभएपछि प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतको निर्देशनमा शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुधिनराज बुढाथोकीले सट्टा लेख्ने अनुमति रद्द गरेका थिए ।
त्यस्तै परीक्षामा विद्यार्थीलाइ सहयोग गर्ने दुइ जना निरिक्षक समेत हटाएको उनले बताए । सट्टा अभिन विक, सुभासचन्द्र अधिकारी र शभ्य शर्मा बसेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!