शैक्षिक अवस्था सुधार्न पढाई गोष्टी

सुकमाया थापा
डोल्पा , शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल निकाल्नका लागि डोल्पामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको क्षमता विकास एवं समुदाय परिचालनको गर्न सरोकारवाला निकाय बीच छलफल सम्पन्न भएको छ ।
चार दिन सम्म चलेको उक्त कार्यक्रममा शैक्षिक उपलव्धि कम्जोर भएको भन्दै लगानी अनुसारको नतिजा निकाल्न सरोकारवाला निकाय गम्भिर भएको निष्कर्ष निकालिएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाको आयोजनामा, राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको क्षमता विकास एवं समुदाय परिचालनको समिक्षा र पैरवी गोष्टी भएको हो ।
सन् २०१४ मा युएसए आई डी को सहयोगमा पहिलो पटक प्रारम्भिक कक्षा पढाई मूल्यांकनसुरु भएको थियो । सो मूल्यांकन अनुसार कक्षा २ मा पढ्ने ३७ प्रतिशत र कक्षा ३ मा पढ्ने १९ प्रतिशत विद्यार्थीले उनीहरुलाई पढ्न दिएको सामग्रीबाट एक शब्द पनि शुद्ध पढ्न नसकेपछि सरकारले प्रारम्भिक कक्षा पढाईमा सुधार ल्याउने उद्देश्यले पंञ्च वर्षिय राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको लागु गरेको थियोे ।
देशका १६ वटा जिल्लाहरुमा लागु भएको यो कार्यक्रम डोल्पामा समेत सक्रियातका साथ चालु रहेको छ । डोल्पाका ८ वटा स्थानीय तहहरु अन्तरर्गतका ३६ वटा विदालयहरुमा सञ्चालन गरीएको छ ।
कक्षा १ देखि ३ सम्मका सिमान्तकृत समुह,पछाडी परेका समुदाय,न्युन आर्थिक तथा सामाजिक हैसियत भएका विद्यार्थीहरुको प्रारम्भिक कक्षा पढाई सिप विकासमा विशेष जोड दिएको छ ।
साथै छोराछोरीलाइलाई समान तरिकाले हेरी छोरीलाइ शिक्षित बनाउनु भनेको राष्ट्रको आर्थिक र सामाजिक विकासमा दीर्घकालिन रुपले लगानी गर्नु भन्ने निचोड निकालिएको छ । कार्यक्रमले बालिका शिक्षालाई महत्व दिई शिक्षाको पहुँचमा ल्याउने कुरामा जोड दिइएको छ ।
वर्तमान समयको स्थानीय सरकारले समुदाय स्तरमा सञ्चालन भएको प्रम्भिक कक्षा पढाईलाइ दिर्घकालिन बनाउन विद्यालय व्यवस्थापन समिती,अभिभावकहरुको समन्वयकारी भुमिका निर्वाह गर्नका लागि विशेष छलफल भएको छ । आज अन्तिम दिनमा रमाइलो पढाइ, दिगो सिकाइ भन्ने मुल नाराका साथमा बजार ¥याली गरिएको थियो ।
गोष्टीमा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितीका प्रमुख, सुरक्षा निकायका अधिकारी,नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधीहरु विद्यालय व्यवस्थापनका अध्यक्षहरु, दौतरी शिक्षाका संयोजक, शिक्षा संग सम्बन्धित व्यक्तित्वहरु र समुह लगाएतको समग्र सहभागिता रहेको थियो ।










