डोल्पाबाट ६ सय २३ परिक्षार्थी सहभागि,३४ जना अनुपस्थित

डोल्पा ः हिमाली जिल्ला डोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षामा ६ सय २३ जना परिक्षार्थीले सहभागिता जनाएकाछन् ।
३ सय २७ छात्र र २ सय ९६ छात्रा गरि ६ सय २३ जना परीक्षामा सामेल हुनुको साथै बिभिन्न परीक्षा केन्द्रमा गरी छात्र २३ र छात्रा ११ गरेर ३४ जना अनुपस्थित भएका छन् ।
पहिलो दिनको अंग्रेजी बिषयको परीक्षामा सरस्वती माबि दुनै,आर्दश माबि जुफाल,जनप्रभा माबि लिकु र त्रिपुरा साधारण तथा प्राबिधिक माबि काईगाउ गरेर चार ओटा परीक्षा केन्द्रमा शान्तिपुर्ण हिसाबमा परीक्षा सञ्चालन भएको पाइएको छ ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिँहराज डाँगीका अनुसार सरस्वती माबि दुनै परिक्षा केन्द्रमा ११३ छात्र र ९२ छात्रा गरेर २०५,आर्दश माबि जुफाल केन्द्रमा ७५ छात्र र ६५ छात्रा गरि १४०,जनप्रभा माबि लिकु केन्द्रमा ७० छात्र र छात्रा ६४ गरि १३४ र त्रिपुरा साधारण तथा प्राबिधिक माबि काइगाउँ परिक्षा केन्द्रमा ६३ छात्र र ६६ छात्रा गरेर १२९ परिक्षार्थीले अंग्रेजी बिषयको परिक्षामा सामेल भएका छन ।
जसमा यो वर्ष ग्रेड बृद्वि परीक्षाको लागि छात्रा तर्फ ५ र छात्र तर्फ ३ गरेर ९ जना परिक्षामा सामेल भएभने ४ जना अनुपस्थित रहे ।
परिक्षालाई शान्तिपुर्ण र मर्यादित बनाउनको लागि प्रति परिक्षा केन्द्रमा १५ जनाका दरले ६० जना सुरक्षाकर्मि,६ जनाका दरले ४ ओटा केन्द्रमा प्राबि तहका परिक्षा निरिक्षक २४ जना र केन्द्राध्यक्ष ४ गरेर झण्डै ८८ जना जनशक्ति परिचालन गरिएको छ ।
केही समय यता जिल्लामा बढ्दो सुरक्षा चुनौतीलाई ध्यायनमा राखेर प्रत्येक परीक्षा केन्द्रमा आबश्यक मोवाइल सुरक्षा गस्तीको समेत ब्यवस्था गरिएको बताइएको छ ।
एसइई परीक्षालाइ लेटर ग्रेडिङ प्रणालीबाट दिने ब्यबस्था भएदेखि एस.एल.सी परीक्षामा जस्तै परीक्षा केन्द्रहरुमा अभिभाबकले गर्दै आएको उच्छृङखल गतिबिधिहरु कम भएको लिकु परीक्षा केन्द्रका केन्द्राध्क्ष यामप्रसाद शर्माले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!