भैँसी लोप हुँन थालेपछि बिक्री, वितरणमा रोक

जाजरकोट , स्थानीय जातका भैँसीहरु लोप हुँन लागेको भन्दै जाजरकोट भेरी नगरपालिकाले बिक्री , वितरणमा गर्न रोक लगाएको छ ।
जिल्लामा भैँसी तराइ क्षेत्रमा लगेर माँसु जन्य काममा प्रयोग हुँन थालेपछि रोक लगाएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । जाजरकोटमा रहेका दुध , डेरीहरु बन्द हुँन थालेपछि यस्तो अभियान सञ्चालन गर्न बाध्य भएको नगरपालिकाले जनाएको छ ।
जिल्लामा उत्पादन भएका राँगाहरु भने बिक्री , वितरण गर्न पाइने नगरपालिकाले जनाएको छ ।
शनिवार नगरपालिकामा भएको सरोकारवालाहरुको बैठकले भैँसीलाई संरक्षण गर्न यस्तो निर्णय गरेको हो । स्थानीय जातका भैँसीहरु पाल्ने किसानलाइ नगरपालिकाले सहयोग गर्ने समेत बताएको छ।.
भँैसी पैठारी भएको थाहा भएमा जिल्लाका जुन ठाउँमा भएपनि रोकिने जाजरकोटका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताउनुभयो “ जाजरकोटका सवै सिमा क्षेत्रमा भैँसी लिन लागेको थाहा पाएमा रोक्नु भनेर निर्देशन दिएका छौ , स्थानीय सरकारले हरेक कामलाई प्रहरीको सर्पोट हुनेछ ,” ।
एक महिना अघि भेरीखवरबाट भैँसी व्यवसाय लोप हुँदै भन्ने शीर्षकको समाचार प्रकाशित भएको थियो ।
सदरमुकाम लगाएत जिल्लाको नलगाड नगरपालिकामा रहेका दुध डेरीहरु दुध नहुँदा बन्द भएपछि नगरपालिकाले भँैसी पालन व्यवसायीलाइ सहयोग गर्ने र बिक्रीमा रोक लगाएको हो .
पछेल्लो समयमा भँैसी पालन व्यवसाय खस्कदै गएका अवस्थामा स्थानीय सरकारको यो कदमबाट किसानलाइ राहत भएको किसानको भनाई छ ।. ।. जिल्लामा ३४ हजार १ सय ४६ राँगा र भैँसी रहेको जिल्ला समन्वय समिति अभिलेख शाखामा उल्लेख छ ।
भैँसीपालन गर्ने जाजरकोटमा ७१ वटा कृषक समुह रहेको अभिलेखमा उल्लेख छ । साविकका खलङ्गा, पुन्मा, जगतीपुर, लहँ, डाँडागाउँ, खगेनकोट, ढिमे, सीमा र नायकवाडा गाविसमा भैँसी पालन गरिदै आएको छ । ११ हजार ९ सय ५५ मेट्रिक टन दुध बार्षिक उत्पादन हुँने गरेको बताएको छ । ४२ मेट्रिक टन घियू उत्पादन हुँने तथ्यांकमा उल्लेख छ ।
विगत ३ वर्षको तथ्याङ्कलाई हेर्दा ८५ प्रतिशत पशुपालन स्थानीय जातका देखिन्छन् भने मात्र १५ प्रतिशत उन्नत जातको पशुपालन गरेको देखिन्छ । ७ वटा पशुपंक्षी शाखा सहित १३ वटा पशु सेवा केन्द्र मार्फत जिल्लाका पशु चौपायको उपचार तथा औषधी हँुदै आएको छ ।
जिल्लाको कूल जनसंख्या मध्ये आर्थिक रुपले सक्रिय उमेरका (१५ देखि ५९ वर्ष उमेर) जनसंख्या ५० प्रतिशत रहेको देखिन्छ ,जुन राष्ट्रियस्तरमा ५७ प्रतिशत छ । कूल सक्रिय जनसंख्या ८५ हजार ८१५ मध्ये ४ हजार १७४ (४.६४प्रतिशत) देश बाहिर रहेका छन् । यस मध्ये ३,५२४ पुरुष र ६५० महिला छन् ।










