यातायाताका साधनमा अपाङता भएका व्यक्तिलाइ भाडा छुट गर्न माग

डोल्पा ः राज्यले बिभिन्न किसिमका सेवा सुविधा दिएपनि डोल्पामा शारिरीक रुपमा अपाङता भएका व्यक्तिलाइ स्वास्थ्य, रोजगारी , आर्यआर्जनको व्यवस्था नभएको भन्दै मुकुटेश्वर अपाङता सेवा समितिले माग पत्र सार्वजानिक गरेको छ ।
जिल्लामा हुँने सवै प्रकारका कार्यक्रम , वैठकमा अपाङता भएका व्यक्तिलाइ समावेश गर्न समेत माग गरिएको छ । अनुसुची ११ बमोजिम अपाङगता परिचय पत्र गर्नका लागि भर्नुपर्ने आवेदन फारमका नमुनाका कायम गर्न समेत अनुरोध गरिएको छ । छ अनुसुची ८ बमोजिम अपाङ विषयलाइ समेटिएका नेपालका कानुनका विभिन्न दफा कार्यम गर्न समेत माग गरिएको छ ।
अपाङता भएका सवै विद्यालयमा अनुगमण गर्नुका साथै क, ख वर्गमा रहेका अपाङता व्यक्तिको गाउँ , गाउँमा गएर अनुगमण गर्न समेत ध्यान आक्रर्षण गरिएको छ । अपाङता भएका व्यक्तिका लागि यातायात चढ्दा शुल्क छुट गर्न माग समेत गरिएको छ । मुकुटेश्वर अपाङता सेवा समितिको विधान संशोधन गर्न माग समेत गरिएको छ ।










