नेपालमा सहकारीको इतिहास र वर्तमान अवस्था

धिरेन्द्र बस्नेत
परीचय
सहकारी भन्नाले एउटा यस्तो समुह हो ,जसमा एउटै विचार र एउटै उदेश्य भएका ब्यक्तिहरुको समुह हो । सामाजिक तथा आर्थिक विकासको लागि मिलेर बनेको समुह लाई नै सहकारी भनिन्छ ।
कुनै एउटै उदेश्य भएका मानिसहरु एउटै ठाँउमा उभिएर आप्नो उदेश्य प्राप्तिको लागि अगाडि बढने क्षेत्र नै सहकारी हो । सहकारीले समाजमा आर्थिक स्थिति कम्जोर भएका मानिसलाइ आर्थिक स्तर माथि उकास्न सहकारीको आवश्यकता पर्दछ । एक ब्यक्तिको भन्दा धेरै ब्यक्तिको जमघटले धेरै समस्याको समाधान हुने हुदा कुनै पनि व्यक्तिले आप्नो जीवन स्थर सुर्धानको लागि सहकारीमा आबद्व भएर आप्नो जीवन स्थर सुधार गर्न सक्छन । सहकारीले अहिले नेपालमा सहकारीमा सदस्यलाई ऋण दिने बचन गर्ने र सहुलित दरमा विभिन्न सामानहरु विक्री वितरण गर्ने गरेको छ ।
सहकारीले नेपाल सरकार कृषि विकास मन्त्रालयले पनिले विभिन्न कार्यक्रम हरु सहकारी मार्फत नै गरी राखेको छ । एक व्यक्ति भन्दा सहकारीमा धेरै व्यकित हुने भएकोले सहकारीमा एकै समयमा धेरै ब्यक्तिलाइ समेटना सजिलो हुने भएकाले सरकारले पनि सहकारीलाई विशेस जोड दिएको छ । सहकारीले आप्ना जीवन स्थर कसरी आफै परिपक्क हुन सिकाउछ । सहकारीले अहिले वचत तथा ऋण ,कृषि , स्वास्थ्य , वातावरण , वन ,शिक्षा, विद्युत ,संचार लगायत अन्य क्षेत्रमा सहकारी मार्फत काम गरी रहेको छ ।
नेपालमा सहकारीको इतिहास
नेपालमा सहकारीको इतिहास हुदै कृषि विकास मन्त्रालय अन्र्तगत वि.स २०१० सालमा सहकारी विभागको विभागको स्थापना भएको हो । त्यहि बेला नै सरकारको कार्यकारी आदेश अनुरुप नेपालमा पहिलो सहकारीको रुपमा चितवन जिल्ला वि.स २०१३ चैत्र २० गते बखानपुर क्रण सहकारी समिति हाल बखान बहुउदेश्यीय सहकारी संस्था लि. लगायत १३ वटा सहकारी संस्थाहरु गठन भएका थिए । नेपालमा पहिलो पच्च वर्षिय योजना ( २०१३–२०१८) सम्म ४५० वटा सहकारी संस्थाहरु स्थापना गर्ने लश्य राखेको थियो ।
सहकारी नियम २०१८ जारी गरी लागु भएको थियो । अझ यसलाई सुनिश्चित बनाउने उदेश्यले सहकारी कानुन परीवर्तन गर िसाझा संस्था ऐन २०४८ सालमा जारी गरी लागु भएको थियो । साझा संस्था नियमावलि २०४३ जारी गरी लागु गरिएको थियो । २०४६ साल देखी केही राजनिनतिक परीवर्तन भए देखि मात्र अन्तरास्ट्रिय सहकारी सिद्धान्त संग सदस्यता कायम हुनेगरी २०४८ सालमा सहकारी ऐन २०४८र २०४९ मा सहकारी नियमावली २०४९ जारी गरि लागुु गरियो ।
त्यस पश्चात मात्र सहकारीहरु स्व स्फुत रुपमा गठन र सञ्चालन गर्न सहज वातावरणमा बनेको देखिन्छ । त्यस पछि मात्र बिस्तारै सहकारीको विकास भएको देखीन्छ । हाल सहकारी ऐन २०४८ परीमार्जन भई सहकारी ऐन २०७४ र सहकारी निमावलि २०४९ सहकारी निमावलि २०६९ परीर्माजन भई कार्यान्यन आईसकेको छ ।
अहिले नेपालमा सहकारीको अवस्था
कृषि क्षेत्रमा अहिले सहकारी धेरै नै महत्व देखिएको छ । नेपालमा कृषि क्षेत्रमा भन्दा श्रmण तथा बचत सहकारीको मात्रा बढी रहेको छ । पहिले नेपालको सहकारीको स्थिति हेर्दा १ राष्ट्रिय सहकारी बैंक,१८ वटा केन्द्रिय सहकारी संघहरु रहेका रहेका छन् । भन्ने हाल ६९ जिल्लामा जिल्ला सहकारी संघ २५१ वटा रहेका छन् । हाल सम्मा सहकारीको सख्या २०७४ को अन्त सम्मा नेपालमा ३४ हजार ५ सय १२ कुल सहकारी संस्थाको संख्यामा रहेको छ । जस अन्र्तरगत कृषि क्षेत्रमा काम गर्ने दुग्ध,तरकारी,चिया,कफि,मौरी,उखु, जुनार,जडीबुटी लगाएत क्षेत्रमा मात्रा १३ हजार ३ सय ४९ वटा सहकारी रहेका छन् । लगभग ३७ प्रतिशत हाराहारीमा रहेको छ ।
त्यो बाहेक आर्थिक बचत तथा शिक्षा स्वास्थ आदी क्षेत्रमा २१ हजार १ सय ५ वटा सहकारी रहेका छन् । ( ६३ ) प्रतिशत रहेको पाइन्छ । अहिले कृषि क्षेत्रमा भन्दा बचत क्षेत्रमा सहकारीको भुमिका बढ्दो रहेको छ ।
बेलायत देखी विश्वको इतिहास हेर्दा सन १८४४ मा एउटा कारखाना बाट सुरुबाट भएको देखिन्छ । कपास कारखानाको मालिकले कामदार लाईहरु लाई गरेको हस्तक्षेप बिरुवा लाग्नका लागी त्यहाका कामदारहरुले शुरुबाट गरेका हुन । त्यस पछि बिस्तारै विश्वभरी फैलिएको पाइन्छ ।
सहकारी सिदान्तहरुमा आधारीत सस्था हो ।
सहकारीको सिदान्तर मुल्य र मान्यताहरु छन ।
समस्याहरु
कृषि सहकारी क्षेत्रमा समस्याहरु धेरै मात्रमा रहेको देखिन्छ । अहिले नपालमा पछिल्लो समय सहकारी नाउमा ठगि सहकारी देखिएका छन जसले सिगो देशका सहकारीहरुनै बदनाम भैरहेको छ । अरुको लहै लहैमा र देखासिखिमा सहकारी खेल्ने क्रम बढेको छ । अहिले कतिपय बिचौलियहरुले पनि सहकारी खोलेका छन । र कसैले चाडै धनि हुन र मालामाल हुनाको लागि पनि सहकारी खोलेर लुटने गरेका छन ।
अहिले राजनिति गर्नको लागि पनि सहकारी खोलेका छन । भने कसैले दात्रि निकाय बाट बजेट र सहयोग भित्याउनको लागि सहकारी खोल्ने गरेका छन । अहिले सहकारीको नाममा बोर्ड मात्र झुन्डीइाएको छ । अहिले सहकारीको नाम मा सर्वसाधारण जनता लाइ ठग्ने काम बढदै गइरहेका छ । सहकारीमा धेरै ब्याजमा पाइन्छ , उपहारहरु पर्छ । जस्ता पर्लोवन देखाउदै आइरहेका छन ।
अबको चुनौति भनेका यस्ता कुरालाइ हटाइ स्वतन्त्र रुपमा सहकारीको विकास र सहकारीले किसान र सदस्यको हितमा काम गर्नु पर्ने हुन्छ र सहकारी लाइ राजनिति र विभिन्न विचौलियको हातबाट छुटायर निस्वार्थ रुपमा काम गर्नलाइ अग्रसर गराउनु जरुरी छ । सहकारको सिदान्त र मुल्य मान्यता ठिक भए पनि त्यसको सञ्चालकले त्यसलाइ अगाल्न सकेका छैनन ।
सहकारी लाइ त्यसका सिदान्त र मुल्य र मान्यता अनुसार अगाडि बढाउन जरुरी चुनौति रहेको छ । अब देश संघियता गईसकेको छ । हरेक स्थानिय तहमा सहकारी लाई ब्यस्थापन गर्न जरुरी रहेको र संरचना परीवर्तण भए संगै स्थानिय तहमा सहकारीको जिम्मेवारी कसले गर्ने कसले गर्ने भन्ने कुरा अन्योल भएको छ । स्थानिय तहमा सहकारीलाई ब्यस्थित गरी स्थानिय तहको विकास को लागि सहकारी क्षेत्र बाट विकास सम्भव छ । हरेक क्षेत्रमा सहकारी योगदान महत्वपुर्ण रहेको छ ।










