कर्णाली प्रदेशमा विप्लव समुहको गतिविधी शुन्य – डीआइजी शाह

जाजरकोट  ः माओवादी जनयूद्धको उद्गम थलो भनेर चिनिने जाजरकोट लगाएत कर्णाली प्रदेशमा विप्लव समुहको गतिविधी शुन्य रहेको कर्णाली प्रदेशका डीआइजी मोहनविक्रम शाहले बताउनुभयो ।
प्रदेशका १० वटा जिल्लामा सुरक्षाको अवस्था वुझदै जाजरकोट आएका डीआइजी शाहले भन्नुभयो “ हामीले यहाँ सातै वटा स्थानीय सरकार र जिल्ला समन्वय समिति , प्रुमख जिल्ला अधिकारी सँग छलफल गरी कुरा बुझदा विप्लव समुहको गतिविधी शुन्य रहेको पाइयो ” । अहिले स्थानीय तहमा सुरक्षाका लागि लामो गस्ती तीनवटै सुरक्षा निकायको समनवयमा भइरहेको बताउँदै शाहले थप्नुभयो “ जनताको जनधनको सुरक्षा गर्नु हाम्रो पहिलो कर्तव्य हो , त्यसैले यहाँ चन्दा आतंक विप्लव समुहलाइ प्रतिवन्ध लगाउनु अघि भएपनि पछेल्लो समयमा चन्दाको कुरा आउका छैन्न ” । सशस्त्र प्रहरी बलका डीआईजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश निर्देशक मधु कार्कीसहितको टोली अहिले सल्यान, रुकुम पश्चिम हुँदै जाजरकोट पुगेर छलफल गरेको हो ।
टोलीले सुरक्षा मामिलालाई नीति तथा कार्यक्रममै राखेर बजेट विनियोजन गर्न स्थानीय तहसँग आग्रह गरेको छ । चन्द समूहका गतिविधि निस्तेज पार्न स्थानीय सरकार सकारात्मक ढंगले अघि बढ्नुपर्ने सुझाएको छ । शान्तिसुरक्षा कायम गर्न सबैको एकता जरुरी छ, स्थानीय तहको भूमिका अझ बढी महत्त्वपूर्ण छ, डिआइजि शाहले भन्नुभयो यसैले हामी सहकार्य र समन्वयका लागि जिल्ला आएका हौं । प्रदेशका सुरक्षा प्रमुख नै आएर अन्तरक्रिया गरेपछि स्थानीय तहका जनप्रतिनिधि उत्साही छन् । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जिल्ला शानित सुरक्षा राम्रो भएकोले आतिनुपर्ने अवस्था नभएको बताउनुभयो । अहिले हामी सातै तहका सरकार सँग सम्पर्कमा छौ , खासै समस्य छैन उहाँले भन्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!