घेराबार नहुँदा परीक्षा चिटमुक्त बनाउन सकिएन्

जाजरकोट , माध्यमिक शिक्षा परीक्षा मर्यादित बनाउनका लागि जाजरकोटका भरपर्दो घराबार नहुँदा चुनौती थपिएको छ । परीक्षा केन्द्र भएका ठाउँहरुमा बाहिरी घेराबारको अभावमा परीक्षा चिट मुक्त बनाउन नसकिएको केन्द्रध्यक्षले गुनासो गरेका छन् ।

घेराबार नहुँदा जो , पायो त्यही व्यक्ति सजिलो भित्र प्रवेश गर्न सक्ने भन्दै परीक्षा व्यवस्थित गर्न समस्य भएको हो । १९ स्थानका केन्द्रको केन्द्रध्यक्षहरुको उपस्थिती र परीक्षा समन्वय संयोजक एवं प्रमुख जिल्ला अधिकारी , सुरक्षा अधिकारी , जिल्ला समन्वय समितिका संयोजक लगाएको उपस्थितीमा भएको वैठकमा यस्तो कुरामा जोड दिइएको हो । स्थानीय सरकारले परीक्षा केन्द्र र त्यहाँ विद्यार्थीहरुको वसाइलाइ व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयले सुरक्षाको पुरै व्यवस्था हुँने भएकाले ढुक्क साथ परीक्षा गराउन आस्वास्थ्य पारेको छ । त्यस्तै विभिन्न माध्यमबाट परीक्षाको निगरानी गरिएको प्रजिअ ललितकुमार बस्नेतले जानकारी दिनुभयो । त्यस्तै वडाअध्यक्षले परीक्षामा अनुगमण गर्न नपाउँने समेत बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!