५ वर्षमा १२१ करोडको अबिर आयात

काठमाडौं । विगत साढे ५ वर्षमा नेपालमा रू। १ अर्ब २१ करोडभन्दा बढीको अबिर तथा अबिरजन्य वस्तुको आयात भएको छ । त्यस्तै उक्त अवधिमा रू। १ करोड ७६ लाखको अबिर निर्यात भएको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७०र७१ देखि चालू आव २०७५र७६ को पुस मसान्तसम्ममा उक्त रकमबराबरको ८४ लाख ८ हजार किलो अबिर आयात र २ लाख ३३ हजार किलो अबिर निर्यात भएको हो ।

चालू आवको पुस महीनासम्ममा मात्र रू। २ करोड ७६ लाखभन्दा बढीको १३ लाख २९ हजार किलो अबिर आयात भएको छ, जुन ५ वर्षमा भएको निर्यातभन्दा रू। १ करोड बढी हो । नेपालबाट उक्त अवधिमा रू। १ करोड ७७ लाखबराबरको २ लाख ३३ हजार किलो अबिर निर्यात भएको छ भने रू। ९ हजारको ५० किलो अबिर मात्र निर्यात भएको छ ।

विभागका प्रवक्ता रामबहादुर वाग्लेका अनुसार सबैभन्दा बढी अबिरको आयात भारतबाट हुने गरेको छ । त्यस्तै चीन लगायत तेस्रो मुलुकबाट पनि आयात हुने गरेको उनले बताए । नेपालमा सबैभन्दा बढी अबिर आयात फागु पूर्णिमा र तिहारका लागि हुने गरेको छ । पछिल्लो समय अबिरको व्यापार घटेको व्यवसायीको भनाइ छ । फागु खेल्न अन्य वैकल्पिक सामग्रीको प्रयोगले अबिरको व्यापार खस्किएको खुद्रा व्यपार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।




सम्बन्धित समाचार


error: Content is protected !!