सामुदायिक वन द्धारा सिपमुलक तालीम

इन्द्र बुढाथोकी
चैत्र ४ सल्यान ।सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा ४ डोप्केमाटोलमा पर्ने श्री सल्लेरी सामुदायिक वनले स्थानीय उपभोक्तालाई ३ महिने सिपमुल तालिम सिलाइकटाइ तालिम सिकाएको छ ।
उपभोक्ताहरुको जीवन स्तरमा परिवर्तन गरेर आफ्नो जिविका चालाउन सजिलो होस र आफ्नो सिप सिकेर घर परिवारको दैनिकी चलाउन सक्नु भने उद्देश्यका साथ सामुदायिक वनको आम्दानीबाट २ लाख रुपैयाँ खर्चेर उपभोक्ता समुहमा आवद्ध ३० जना महिलालाई सिलाइकटाइ तालिम सिकाएको सल्लेरी सामुदायीक वन उपभोक्ता समितीका अध्यक्ष झलक बहादुर वुढाले वताउनु भयो । उक्त सामुदायिक वनको कोषबाट ४५ हजारको खानेपानी टंयाकी निर्माण, ४५ हजारको पोखरी निर्माण, ६० हजारको घुम्ती कोष कार्यक्रम, १० हजारको खानेपानी धारा मर्मत र १ लाख बराबरको वन जङ्गल गोडमेल, अग्नि नियन्त्रण लगाएतमा रकम साधारणसभा बाट पारित गरि खर्च गरिएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ । सल्लेरी सामुदायीक वन उपभोक्ताहरुले जंगलको आम्दानी सामाजिक कार्यमा खर्चने गरेका छन् । सल्लेरि वनको २ सय ५२ हेकटर क्षेत्रफलको जंगललाई गाउँलेहरुले आफ्नो सम्पति जस्तै माया गर्ने गरेका छन् ।
समितीकी सचिव अनिता वुढाथोकिका अनुसार महिलाको आयआर्जनमा सिपयुक्त तालिम प्रदान गर्न समेत वन सहयोगी हात वनेको वताउनु भयो ।
गाउँमा कसैलाई दुख तथा विपती पर्दा समेत जंगलको आयबाट सहयोग हुने गरेको छ । पश्चिम सल्यानको क्षेत्रमा रहेका अन्य केहि सामुदायीक वनको रकम समितीकै पदाधिकारीले भोक चलन गर्ने र पादर्शि नभएको देखिन्छ ।
यस सामुदायिक वन बाट अन्य सामुदायिक वनहरुले सिक्नु पर्ने समापन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । बनगाड कुपिण्डे नगरपालिका ४ न वडा अध्यक्ष मोमत रोकाले अन्य वडा टोलका सामुदायिक वनले सल्लेरी सामुदायिक वनको जस्तो वन बाट भएको आम्दानी यस्तै सीप मुलक, आयआर्जन कार्यक्रममा नै खर्चिनु पर्ने बताएका छन ।
कार्यक्रममा दलित महिला सदस्य तथा कार्यपालिका सदस्य शुशिला बिक श्री पातल सामुदायिक वनका अध्यक्ष नरेश बुढाथोकी लगाएको उपस्थिति रहेको थियो ।
अधिकास सामुदायिक वनले उपभोक्ता समितिको जङ्गलमा सक्रियता घट्दै गएको छ।










