लोकसेवामा सोध्न सकिने सम्भावित प्रश्न र उत्तर

१ , नेपालको संसदीय इतिहासमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’को सुरुवात कहिलेबाट भयो
२०७५ माघ ४
नोट – प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्थामा प्रधानमन्त्री र उनको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित प्रश्न प्रत्यक्ष सोध्न सकिनेछ । प्रत्येक महिनाको पहिलो र तेस्रो साता बस्ने पहिलो बैठकको पहिलो एक घन्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सकिने व्यवस्था नियमावलीमा रहेको छ
२ कसैले पनि घरमा प्रसूति नगरून् भन्ने उद्देश्यका साथ बाल मृत्युदर कम गर्नका लागि ‘शून्य होम डेलिभरी अभियान’ सञ्चालन गर्ने नेपालको एक मात्र स्थानीय तह कुन हो
मालिका गाउँपालिका, गुल्मी
नोट – अभियानअन्तर्गत गाउँपालिकाका गर्भवती महिला भएको घरमा हरियो झन्डा गाड्ने गरिएको छ ।
३ नेपालको कुन जिल्लालाई ‘पहाडकी रानी तथा नगदेबालीको खानी’ भनेर चिनिन्छ ।
इलाम
४ विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा परिचित जापानका मसाजो नोनाकाको निधन कहिले भयो ?
२०१९ जनवरी २०
५। भूपी काव्य पुरस्कार २०७५ कसलाई प्रदान गरियो
कवि तीर्थ श्रेष्ठ
६। नेपालले प्रथमपटक आफ्नै भूउपग्रह कहिले प्रक्षेपण गर्ने कार्यक्रम रहेको छ रु
२०७६ वैशाख ४
९नोट – उक्त भूउपग्रह प्रक्षेपण जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली इन्जिनियरको सहयोगमा गरिने भएको छ०
७। गोठालोलाई सामाजिक भत्ताको व्यवस्था गर्ने पहिलो गाउँपालिका कुन हो रु
पचालझरना गाउँपालिका, कालिकोट
९नोट – गाउँपालिकाले ६० वटा भेडा तथा बाख्रापालन गर्ने कृषकलाई मासिक १००० र १०० भन्दा बढी पाल्नेलाई मासिक २००० प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ
८। डेमोक्रेसी सूचकांक २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ
९७औँ स्थानमा
९।पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो दक्षिण एसियाली मुलुक कुन हो
माल्दिभ्स
१०। नेपाललार्ई एसियाली खेलकुदमा पहिलो पदक दिलाउने खेलाडी को हुन्
विधान लामा
११। ‘वायो भिलेजको नमुना कार्यक्रम’ सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो
तनहुँ
१२। विश्व सिमसार दिवस कहिले मनाइन्छ
फेब्रुअरी २ ९‘जलवायु परिवर्तन र सिमसार क्षेत्र’ यो वर्षको नारा
१३। कुनै पनि देशको अर्थ व्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्थालाई के भनिन्छ
जिरो नेट ऐड
१४। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले प्रदान गर्ने सन् २०१८ को आइसिसी अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडी, सर्वश्रेष्ठ टेस्ट खेलाडी र वर्षको सर्वोत्कृष्ट एकदिवसीय खेलाडीको रूपमा घोषित हुन सफल खेलाडी को हुन्
विराट कोहली ९भारत०
१५। उखुको जुसलाई राष्ट्रिय पेय पदार्थ घोषणा गर्ने दक्षिण एसियाली मुलुक कुन हो
पाकिस्तान
१६। अर्थ मन्त्रालयले ‘विकास सहायता प्रतिवेदन २०१८’ कहिले सार्वजनिक ग¥यो
२०७५ माघ २
१७। चर्चित कृति ‘जुकरवर्ग क्याफे’ का लेखक को हुन्
अश्विनी कोइराला
१८। चिलाउनेको बोक्रा कुन रसायनको कारणले चिलाउने गर्दछ
स्यालिस्यालिक एसिड
१९। ब्रिटिस दूत सर थोमस रोले भारतमा व्यापारको सुरुवात कहिले गराए
सन् १६१५
२०। वि।सं। २०६९ बाट खुला गरिएको “लुम्बासुम्बा पदयात्रा मार्ग”ले कुन–कुन जिल्लालाई जोड्छ
ताप्लेजुङ ९सुकेटार० र संखुवासभा ९तुम्लिङटार०
२१। क्षेत्रफलका आधारमा सानोबाट ठूलो सार्क राष्ट्रको क्रम कुन हो
माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत
२२। वंशाणुको मौलिक वनावट र कार्यबारे खोजी गर्न कुन प्रविधि प्रयोग गरिन्छ
जिन म्यापिङ
२३। नेपालमा प्रकाशित पहिलो दैनिक पत्रिका ‘आवाज’को पहिलो सम्पादक को हुन्
सिद्धिचरण श्रेष्ठ
२४। नायोगा अभिसन्धि केसँग सम्बन्धित रहेको छ
आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसँग सम्बन्धित
२५। मानव विकाससम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ
एन्थ्रोपोलोजी
२६। नेपाली साहित्यको कुन कालमा शृंगारप्रधान कृतिहरूको लेखन भयो
माध्यमिक काल
२७ ,नेपालका शक्तिपीठहरूमध्ये बलि नचढाइने एक मात्र शक्तिपीठ कुन हो
छत्रेश्वरी देवी, सल्यान
२८, नेपाललाई ४ विकासक्षेत्रमा कहिले विभाजित गरियो
२०२९ असार १३
२९, कर्णाली र तिला नदीको संगमस्थललाई के नामकरण गरिएको छ
लालातीर्थ
३०संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रूपमा छनोट भएका ५ राष्ट्र कुन–कुन हुन् ।
बेल्जियम, डोमिनिकन रिपब्लिक, जर्मनी, इन्डोनेसिया, दक्षिण अफ्रिका










