खयरमा पाइन्छ यी औषधीय गुण

खयरलाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ । पाचनशक्ति बढाउन, घाउ, खटिरा, बाथ र जोर्नीका लागि खयरको झोल उपयोगी हुन्छ ।

यसबाट निकालिने रसायनलाई कत्था भनिन्छ । कत्था मसला र औषधिका रूपमा प्रयोग गरिन्छ ।

सुक्खा खोकी लागेमा कत्था सेवन गर्नु उपयोगी हुन्छ । बेसारपानीमा खयर मिसाएर खाएमा खोकी सन्चो हुन्छ ।

खाना नपच्ने समस्या भएकाहरूका लागि खयर लाभदायी हुन्छ ।

यसको काठलाई पानीमा उमालेर खाँदा पाचनशक्ति बलियो हुन्छ । बिहान–बेलुका नियमित खयरको झोल खाएमा जुका, झाडापखाला र पेट फुल्ने समस्या निको हुन्छ ।

अनुहार तथा छालामा आउने दाद हटाउन खयर प्रयोग गर्न सकिन्छ । श्रीखण्ड, मजिटोको जरा र खयरको चूर्ण मिसाएर लगाउँदा दाग निको हुन्छ ।

मरिचको धुलो र कपुरसँग खयर मिसाएर दाँत माझ्ने गरेमा दाँतसम्बन्धी समस्या समाधानमा सघाउ पुग्छ ।

ठोक्किएको, हड्डी मर्किएको, जोर्नी दुखेको ठाउँमा खयर लगाएमा सन्चो हुन्छ ।

कान पाक्ने बिरामीका लागि खयर लाभदायक औषधि मानिन्छ । सफा गरेर खयरको चूर्ण कानमा राख्दा पिप बग्नबाट रोकिनुका साथै पाक्ने समस्या समाधान हुन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!