केन्द्रीय विद्युत बाल्ने जाजरकोटको सपना पुरा


हेमन्त के सी
जाजरकोट , १ चैत ः कर्णाली प्रदेशको दुर्गम मानिएको जाजरकोट विस्तारै सुगमता तिर परिणत हुँन थालेको छ । विकासका हरेक गतिविधीहरु बढ्न थालेपछि विस्तारै जाजरकोट लयमा आउन थालेको हो ।
विद्युत , शिक्षा , सडकमा तिव्र रुपमा विकास गरेपछि जाजरकोटको परिचय फेरिन थालेको छ । एक वर्ष अघि मात्र सदरमुकाममा विद्युतको केन्द्रीय लाइन (३३ केभी) प्रशासरण लाइन जोडिएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा पुरै जाजरकोट केन्द्रीय लाइनको पहुँचमा पुग्ने देखिएको छ । जिल्लाका सात बटा स्थानीय तहमा अहिले यो वर्षमा ७० प्रतिशत भुभागमा ११ केभी प्रशारण लाइन पुगिसकेको छ । बाँकी जिल्लाको नलगाड नगरपालिका , बारेकोट गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा विद्युत जडानका लागि पोलहरु गाड्ने काम तिव्र रुपमा भएको नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले जानकारी दिए ।

भेरी नगरपालिका कुदुमा ३३ केभी प्रशारण लाइनको (सव स्टेशन) वितरण केन्द्र निर्माण भइ जिल्ला अन्य ठाउँमा सव स्टेशन निर्माणको काम सुरु भएको छ । निकट भविश्यमा जाजरकोट नलगाड नगरपालिकाको चौखा , छेडागाडको वडाबन निर्माण हुँने तयारीमा रहेको छ । जिल्लालाइ यो आर्थिक वर्ष भित्र विद्युतिकरण गरिने लक्ष्य सहित काम तिव्र रुपमा भएको प्राविधिकरणले जनाएको छ । जाजरकोट जिल्ला छोएर तीन वटा राष्ट्रिय महत्वका सडकहरु देशका विभिन्न ठाउँमा जाने भएकाले सोही सडक मार्फत जिल्लाका सवै ठाउँमा विद्युत लिन सजिलो हुँने भएपछि सवै ठाउँमा फलामका पोल गाड्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
जाजरकोट –डोल्पा सडक खण्ड , जाजरकोट – जुम्ला सडक , मध्यपहाडी लोकमार्ग अन्तरर्गत जाजरकोट – दैलेख सडक खण्डमा विद्युतका पोलहरु गाड्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य प्रशारण लाइनबाट भेरी नगरपालिकाका र शिबालय गाउँपालिकाका गाउँ , गाउँमा विद्युत लिनका लागि ९ वटा प्रशारण लाइन जोड्नुका साथै टान्समिटर समेत जोडी विद्युत सुचारु भइसकेको छ । अन्य ६ ठाउँमा काम जारी रहेको छ ।
त्यस्तै ११ केभी प्रशारण लाइन अन्तरर्गत नलगाड नगरपालिका हुँदै बारेकोट जोड्ने विद्युतको लाइन जोड्ने काम जारी रहेको छ । यस खण्ड अन्तरर्गत नलगाड नगरपालिका हुँदै तल्लो डोल्पा सम्म लाइन विस्तारको काम जारी रहेको छ । कुशे गाउँपालिकामा लाइन विस्तारको काम निरन्तर भइरहेको छ । छेडागाड नगरपालिकामा ६ वटा सहायक लाइन निर्माणका लागि काम काम सुचारु गर्न थालिएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरर्गत पर्ने जगतीपुर , कालाभुर, झार्पा, थलह, दशेरा हुँदै दैलेखको सुइयाडा सम्म जोड्का लागि काम जारी रहेको छ । सात वटा स्थानीय तहमा झण्डै २७ वटा ठाउँबाट एकै पटक विद्युतीकरणका लागि काम सुरु भइसकेको कार्यालयले जनाएको छ । ९ ठाउँमा विजुली बली सकेको छ भने महिना दिन भित्र बाँकी ६ ठाउँमा वल्ने क्रमम रहेको छ । यो आर्थिक वर्षमा रु २३ करोड ९० लाखको काम हुँने बन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेतले बताए ।
जाजरकोटमा चुनाव लड्दा जिल्ला भरी विद्युतीकरण गर्ने मुख्य चुनावी एजेण्डा बनाएका मन्त्री बस्नेतले विपन्न तथा गरिव परिवारलाइ ३० मिटर तार र मिटर बक्स निशुल्क उपलव्ध गराएर घर ,घरमा विद्युत पुर्याउने लक्ष्य पुरा गरिने समेत बताउनुभयो । जाजरकोटको कुदुबाट सदरमुकाम सम्म अहिले ११ केभी प्रशारण लाइन सञ्चालनमा रहेको छ ।
३३ केभी प्रशारणलाइन बाट छिन्चु हुँदै सल्लीबजार सम्म मुख्य लाइनबाट नै विद्युत स्थानीयलाइ वितरण गरिदा वेला , वेलामा जाजरकोटमा विद्युत सेवा अवरुद्ध हुँने गरेको छ । त्यस्तै जाजरकोट र सुर्खेत लगाएतका ठाउँमा ल्याइएको १३२ केभी प्रशारण लाइन कोहलपुरमा सव स्टेशन टाढा भएकाले समय , समयमा समस्य आउँने गरेको विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ । ६० किलोमिटर भित्र सव स्टेशन निर्माण गरी विद्युत आपुर्ती गर्नुपर्ने भएपनि कोहलपुरबाट जाजरकोट सम्म ल्याउन दुरीको हिसावले डवल हुँदा विद्युत आपुर्तीमा समस्य आएको विद्युत प्राधिकरणले जनाएको छ ।
त्यस्तै ४सय केभी प्रशारणलाइनको सव स्टेशन जाजरकोटको दानीपिलमा निर्माण हुँने भएको छ । स्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको काम समेत भएको छ । नलगाड जलविद्युत आयोजना , भेरी ए, बी, सी , ताँसुगाड जलविद्युत आयोजना र डोल्पाको जगदुला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत दानीपिपलमा निर्माण हुँने सव स्टेशनमा जम्म भइ देशका अन्य ठाउँमा वितरण हुँने छ ।
डोल्पामा विद्युत लिनका लागि अहिले काम सुरु भइसकेको सांसद तथा पुर्व शान्ति मन्त्री सत्य पहाडीले बताइन् । तल्लो डोल्पामा विद्युतिकरणका लागि बजेट विनियोजन भइ जाजरकोटबाट काम सुरु भएको उनको भनाइ छ ।










