माध्यमिक शिक्षा परीक्षाको केन्द्र र केन्द्राध्यक्ष तोकियो

जाजरकोट , माध्यमिक शिक्षा परीक्षा मर्यादित र भएरहित तरिकाले सम्पन्न गर्नका लागि आज केन्द्र र केन्द्राध्यक्ष तोकिएको छ । परीक्षालाइ मर्यादित बनाउन स्थानीय शिक्षा शाखाका प्रमुख र जिल्लाबाट समेत प्रमुख जिल्ला अधिकारी र शिक्षा एकाइ प्रमुख लगायतले आवश्यकता अनुसार अनुगमण गर्ने बताएको छ । परीक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले आपसमा समन्वय गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाएको जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नतले बताउनुभयो । माध्यमिक शिक्षा परीक्षा चैत्र १० देखी १८ गते सम्म सञ्चाल हुँने छ ।




सम्बन्धित समाचार


error: Content is protected !!