मुड्केचुलामै अव भिडियो एक्सरे सेवा

डोल्पा , भिडियो एक्सरे गर्नकै लागि डोल्पाको सदरमुकाम दुनै आउँनु पर्ने बाध्यताबाट मुड्केचुला गाउँपालिकाका स्थानीयले मुक्त भएका छन् । मुड्केचुला गाउँपालिको आर्थिक सहयोगमा प्रत्यक वडामा रहेका स्वास्थ्य संस्थामा भिडियो एक्सरे वितरण गरेपछि यहाँका स्थानीयहरु दुनै जानु नपर्ने भएको हो ।
भिडियो एक्सरे पाए सँगै यहाँका स्थानीयहरु खुसी भएका छन् । गर्भजाँच गर्नका लागिका लागि दुनै जानुपर्ने बाध्यता अन्त्य भएको राजिकम्द स्वास्थ्य चौकीकी अनमी लक्ष्मी शाहीले बताउनुभयो । दुइ दिन हिडेर सदरमुकाम गइ भिडियो एक्सरे गरी जाँच गर्नुपर्ने अवस्था अन्त्य गरी अव गाउँमै सो सेवा प्रदान गरिएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनुभयो ।
यसै गरी मुड्केचुला गाउँपालिकाका शिक्षा संयोजक दलबहादुर बस्नेत , वडा १ देखि ६ सम्मका वडा सचिव रतन जिसी , पशु पंक्षी शाखाका संयोजक नरबहादुर थापा करिव दुइ महिना देखि कार्यालयमा उपस्थित नहुँदा सेवा प्रवाहमा समस्य देखिएको गाउँपालिकाले जनाएको छ । शिक्षा सँयोजक गाउँपालिकामा नआउँदा शिक्षाको कार्यक्रम समेत बन्न सकेको छैन् । वडा सचिव नहुँदा सामाजिक सुरक्षा भत्ता वितरण हुँन सकेको छैन् ।










