शैक्षिक अवस्था सुर्धान दुइ दर्जन विद्यालय निर्माण सँगै शिक्षक न्यूक्त

हेमन्त केसी 
जाजरकोट (रासस) ः विद्यार्थीहरुलाइ बस्ने ठाउँको अभाव हुँदा समस्य भोग्दै आएका यहाँका सयौ विद्यार्थीले रमाइ ,रमाइ बस्ने कक्षा कोठा पाएका छन् ।
कुशेगाउँपालिकाले, २६ वटा विद्यालयका भवन निर्माण गरेपछि यहाँका विद्यार्थीहरु खुसी भएका हुँन् । बर्षेनी विद्यार्थीको चाप बढ्दै गएपनि विद्यालय भवन नहुँदा दैनिक पढ्न, पाठनमा समस्य आएपछि कुशेगाउँपालिकाले पहिलो चरणमा २६ वटा विद्यालयका भवन निर्माण गरेको हो ।
विद्यालय भवन नहुँदा आकाशमा बादल देखिन साथ विद्यालय बन्द गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो पहिलो चरणमा जिर्ण विद्यालय निर्माण कार्य अगाडी बढाएको कुशेगाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो “ शिक्षा नै जिन्दगीको पहिलो आधार भएकाले , हाम्रो पहिलो काम पनि विद्यालय निर्माण गरी यहाँका हजारौ बालबालिकाको बस्ने ठाउँको आधार तयार गरिएको छ ” ।
धुलो र खुल्ला चौरमा बसेर शिक्षा आर्जन गदै आएका दुर्गम गाउँका विद्यार्थीहरु विद्यालय भवन निर्माण भएसँगै कक्षा कोठामा खुसीका साथ बस्ने गरेको शिक्षक नीमबहादुर ओलीले बताउनुभयो । थाहा पाउँने उमेर देखि जिन्दगीका उर्जाशिल उमेरहरु विद्यालयमा नै विताउने बालबालिकाका लागि बसाइ व्यवस्थापन अहिले पहिलेको भन्दा सुधार भएको अध्यक्ष बस्नेतको भनाई छ ।
गाउँपालिका भित्रका अन्य विद्यालयका भवनहरु समेत क्रमागत रुपमा समस्यका आधारमा क्रम निर्धारण गरी निर्माण हुँदै जाँने गाउँपालिकाले जनाएको छ । कुशेगाउँपालिकाको – २ देखि ९ सम्मका अतिसमस्य ग्रास्त विद्यालय पहिलो चरणमा निर्माण गरिएको छ ।
वडा १ का विद्यालयहरु भने निर्माण नहुँदा वडा अध्यक्ष गोपाल नेपाली रुष्ट भएका छन् । प्रावि , निमावी र मावि तहका विद्यालयहरुलाइ समस्य र विद्यार्थीको चापको आधारमा निर्माण गरिएको लेखापाल छवि खनालले बताउनुभयो । विद्यालय भवन निर्माण भएपछि निकै खुसी भएको बीरेन्द्र प्रावि बरखालका विद्यार्थीले बताएका छन् । कक्षा कोठा नहुँदा भुइँमा बस्नु पर्ने समस्य हल भएको भन्दै निकै खुसी भएको पुतली प्रावि छहरागाउँका छात्र महेश थापाले बताउनुभयो ।
त्यस्तै सधै आकाशमा बादल देखिन साथ झोला बोकेर घर जानुपर्ने र पढाइ नहुँदा तनाव हुँने समस्य हल भएको सरस्वती निमावी डाडाभौता, अर्छानीका छात्रा नविना शर्माले जानकारी दिनुभयो । स्थानीय सरकारको पहिलो उपहारका रुपमा रहेको विद्यालय निर्माण कार्य अझै निरन्तर हुनुपर्ने अभिभावकको जोड रहेको छ । त्यस्तै गाउँपालिकाले शिक्षा क्षेत्रमा गुर्णात्मक परिवर्तन ल्याउन अनुदान शिक्षक न्यूक्ति गर्न अनुदान रकम विनियोजन गरी शिक्षक न्यूक्ती समेत गरेको छ ।

दरवन्दी अनुसारका शिक्षक नहुँदा पढाइ प्रभावित भएका विद्यालयमा ८१ जना अनुदानमा नयाँ शिक्षक न्यूक्ती गरी पढाइ सुरु गर्दा केही समस्य हल गरेको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण पौडेलले बताउनुभयो । सरकारी कर्मचारी र जनप्रतिनिधीका छोरा,छोरी समुदायिक विद्यालयमा अनिबार्य पढ्नुपर्ने निर्णय गरेको गाउँपालिकाले सो निर्णय कार्यन्वयन गदै लिएको पौडेलले बताउनुभयो । गाउँपालिका भर सडकको पहुँच विस्तार गरी निकट भविश्यमा गाउँपालिका भित्रका विद्यार्थीहरु सडक मार्ग मार्फत विद्यालय जाने वातावरण तयार गरिने गाउँपालिकाले बताएको छ ।
त्यस्तै कुशेगाउँपालिकाले राहत व्यवस्थापन कोष स्थापना गरी समस्यमा परेका आम नागरिकलाइ सहयोग गदै आएको छ । त्यस्तै मेडिकल शिक्षा पढ्ने विद्यार्थीलाइ सहयोग गर्नका लागि विशेष व्यवस्था गरिएको गाउँपापालिकाले बताएको छ । गरिवका छोरा,छोरीहरु मेडिकल शिक्षा पढ्नका लागि रकम अभावमा कोही बन्चित हुँनु नपर्ने अध्यक्ष बस्नेतले बताउनुभयो । क्षमता हुँदा हुँदै पनि रकमको अभावमा पढ्न नपाउँनु दुखद भएको भन्दै गाउँपालिकाले त्यस्ता क्षमता भएका विद्यार्थीलाइ आर्थिक सहायता गर्ने निर्णय भएको बताएको छ ।










