रुकुमकोटमा शंकास्पद बस्तु फेला

मेगराज खड्का रुकुम
पुर्वको सिस्ने गाउँपालिका ५ स्थित चोकबजारको पसल
अगाडि शंकास्पद बस्तु फेला परेको छ । रुकुमकोट जिल्ला अदालत र मालपोत कार्यालयको पश्चिम २० मिटर दुरिमा उक्त शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) का प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले जानकारी दिए ।
प्लास्टिक भित्र चामलको बोहोरामा पोको पारिएको र २ वटा मोटो खालको वाइरिङ तार जोडिएको अवस्थामा उक्त बस्तु फेला परेको उनको भनाइ छ ।
आज बिप्लप माओवादिले नेपाल बन्दको घोषना गरेको छ । उक्त शंकास्पद बस्तु पनि विप्लपका कार्यकर्ताले नै राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व) ले अनुमान गरिएको छ। बिहानको ८ बजे पसल खोल्न जाँदै गर्दा स्थानियले देखेपछी प्रहरिलाइ खबर गरेका थिए ।
डिस्पोजरको टोलिले त्यसलाइ निष्क्रिय पार्न तयारी भैरहेको छ। यतिबेला हुन सक्ने सम्भावित जिल्लाको घटनालाइ ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको प्रहरिले बताएको छ ।










