अवरुद्ध सडक सञ्चालन

सुकमाया थापा
डोल्पा ः भारी हिमपातका कारण अवरुद्ध भएको जाजरकोट – डोल्पा सडक खण्ड सञ्चालनमा आएको छ । स्थानीय सरकारको पहलमा पहिरो हटाउने काम भएपछि आजबाट सडक सञ्चालन भएको प्रहरीले जनाएको छ ।
आधा दर्जन ठाउँमा पहिरो आउँदा अवरुद्ध भएको सडक डोजरद्धारा पहिरो हटाउने काम भएपछि सडक सञ्चालन भएको हो । स्तरउन्नती नभएको कच्ची र साँघुरो बाटोमा पटक , पटक समस्य आँउने गरेको छ । यो सडक खण्डको डोल्पाको भागमा त्रिपुरासुन्दरी नगरपालिकाले डोजर प्रयोग गरी बाटो खुलाएको हो । डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्–गोतामकोट खण्डमा आएको पहिरो हटाएपछि हप्ता दिन देखि अवरुद्ध यातायात खुलेसँगै सहज भएको छ ।
नेपाली सेनाले निर्माण गरेको यो सडक, सडक विभागलाइ हस्तान्तरण गरेको छैन् । डोल्पा ल्याउनका लागि ठाउँ , ठाउँमा अलपत्र परेको दैनिक उपभोग्या सामग्री आज देखि नियमित ढुवानी हुँन लागेको डोल्पा त्रिपुरासुन्दरीका व्यापारी धनबहादुर खत्रीले बताए । सडक अवरुद्ध हुँदा डोल्पाको दुनैमा लिने इन्धन , खाद्यान्न , निर्माणका सामग्रीहरु ढुवानीमा बाधा पुग्दै आएको थियो ।
भौगलिक रुपमा जटिल रहेको यहाँको भुभाग सामान्य पहिरो गएपनि निर्माण गर्न हप्ता दिन भन्दा बढी लाग्ने गर्दछ । सडक खुलेसँगै डोल्पाका सवै स्थानीय तहमा विकास निर्माणका लागि ल्याइएका सामग्रीहरु ढुवानी कार्य सुरु भएको छ । पटक , पटक अवरुद्ध हुँदै आएको यो सडकमा राज्यले स्तरउन्नती गरी लयमा ल्याएमा मात्र यहाँका स्थानीयले सजिलो रुपमा यात्रा गर्न पाउने छन् ।
सडक खुलेपनि कच्चीबाटोमा जोखिम पुर्ण यात्रा गर्न यहाँका स्थानीयहरु बाध्य छन् । यो सडकको स्तरउन्नती गर्नका लागि सांसद सत्य पहाडीले पटक , पटक सांसदमा माग गरेपनि सुनुवाइ हुँन सकेको छैन् ।
प्रधानमन्त्री केपी शर्मा औलीले केही दिन अघि यो सडकलाइ स्तरउन्नती गरिने बताएपनि अहिले सम्म कामको कुनै सुरसार नेदेखिएको डोल्पालीको आरोप छ ।










