मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरण गर्छौँ ः मन्त्री बस्नेत

काठमाडौं ः सरकारले मानव–वन्यजुन्त द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका लागि सरकारले चालू आर्थिक वर्षका लागि झापामा हात्ती करिडोर निर्माणका लागि ६ करोड बजेट विनियोजन गरेको जानकारी दिए।

मन्त्री बस्नेतले झापाको विभिन्न स्थानमा हुने जंगली हात्तिको अतिक्रमणलाई रोक्न हाल सरकारले जलथलमा हात्ति करिडोर निर्माण कार्य शुरु गरेको बताए। त्यसैगरी जंगली हात्तीको प्रभाव क्षेत्रमा विद्युतीय तारबारसहितको व्यवस्थापनको काम पनि शुरु गरिएको मन्त्री बस्नेतको भनाइ छ। बैठकमा सांसद पवित्रा निरौला खरेलले झापामा जंगली हात्ती न्यूनिकरणका लागि आवश्यक बजेट र कार्यक्रमबारे जानकारी दिन मन्त्री बस्नेतसँग जिज्ञासा राखेकी थिइन। त्यसको जवाफ दिने क्रममा मन्त्री बस्नेतले हात्तीको समस्या समाधानका लागि सरकारले युथ क्लब निर्माण गरेको, जनचेतनामूलक कार्यक्रमलाई अघि बढाएको बताए। मन्त्री बस्नेतले बर्दिया जिल्लामा हुने गरेका हात्ती आतंक न्यूनिकरणका लागि सरकारले हरेक वर्ष आवश्यक बजेट व्यवस्था गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए।

सांसद संजयकुमार गौतमले बर्दियामा भारतीय जंगलबाट आउने हात्तीले दुःख दिने गरेको भन्दै त्यसको समाधानका लागि के योजना छरु भनेर मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए। मन्त्री बस्नेतले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल वरपरको जंगलको जैविक मार्गको संरक्षण गर्न सरकार सचेत रहेको जानकारी दिए।

बैठकमा सांसद सरतसिंह भण्डारीले सो विमानस्थल वरपरको जंगलमा निर्माण गरिएको जैविक मार्ग संरक्षण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। त्यसैगरी सांसद राजेन्द्रप्रसाद लिङदेन, देवेन्द्रराज कँडेलले वन क्षेत्रको अतिक्रमणका कारण वन्यजन्तु र मानवबीच द्वन्द्व हुन गएको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकारको भावी योजना र बजेटबारे पनि मन्त्री बस्नेतसँग जिज्ञासा राखेका थिए।

ttps://www.facebook.com/setopati/videos/270131567246055/




सम्बन्धित समाचार


error: Content is protected !!