सरकारले प्रतिबन्धको घोषण गरे लगत्तै डोल्पामा विप्लवका २ कार्यकर्ता पक्राउ

डोल्पा ः नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाइ प्रतिवन्ध लगाउने घोषण गरे लगत्तै डोल्पामा दुइ जना विप्लवका कार्यक्रतालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको कोटबजार क्षेत्रबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता पक्राउ हो । चन्दा असुली तथा पर्चापम्प्लेट टाँसिरहेको अवस्थामा त्रिपुराकोट प्रहरीले कोटबजार क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–१ रल्लीगाउँका २८ वर्षीय पन्थे न्यावर र २३ वर्षीय मदन उखेडा रहेका छन्। राज्यसत्ता विरुद्ध पर्चा टाँसिरहेको र चन्दा समेत असुली गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रकाउ पर्नेहरुले आफूहरुलाई नेकपा विप्लवको कार्यकर्ता नभएको बताए पनि झोला खान तलासी गर्दा एक थान चन्दा ठेली पर्चा पम्पलेट फेला परेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरिक्षक टेकबहादुर देउवाले बताउनुभयो ।
पक्राउ परेका दुवैजनालाई सार्वजनिक शान्ती विरुद्धको मुद्धा लगाइ जिल्ला प्रशासनबाट म्यद थप गरी अनुसन्धानमा राखिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!