डोको, नाम्लो फालेर महिला दिवस मनाउन गाउँ गाउँमा

लोकेन्द्र विक्रम शाही
जाजरकोट ः वषौ देखि सदरमुकाम खलंगामा मात्र सिमित रहेका बिभिन्न कार्यक्रमहरु विस्तारै गाउँ , गाउँमा हुँन थालेका छन् । स्थानीय सरकार गठन भएसंगै यहाँका गाउँमा कार्यक्रमले तिव्रता पाउँन थालेको हो । जिल्लाको नलगाड नगरपालिकाले यो पटक गाउँ , गाउँमा १०९ औ अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।
शिक्षित देखि निरक्षर सम्म एकै ठाउँमा बसेर नारी दिवस बनाएको यो पहिलो भएको स्थानीयले बताएका छन् । नलगाड नगरपालिकाले ९,१०,११ चौखा बजारमा कार्यक्रम गर्र्यो भने , १२ र १३ तल्लु बजार , ८ नं.वडा को कायाखेत , १,२,५,७ दल्लीमा ,४ र ६ को थाप्लाा, ३ को कैना बजार गरी ७ स्थानहरुमा महिला दिवस भव्यरुपले मनाइएको छ ।
सवै ठाउँमा पुगेर नगर प्रमुख टेक बहादुर रावलले स्थानीय सरकारको प्रत्युभूति दिएको स्थानीयले बताएका छन् । आज भन्दा ठिक १०९ वर्ष पहिले १९०८ को मार्च महिना ८ तारिखका दिन संयुक्त राज्य अमेरीकाको न्युर्योक शहरका गार्मेन्ट फ्याकट्रीमा कार्यरत श्रमीक महिलाहरुले प्रशिद्ध सहर स्क्वायरमा जम्मा भएर महिलाहरुलाई मताधिकारको अधिकार,श्रमिकहरुको शक्तिसाली ट्रेडयुनियन गठन,गार्मेन्ट उद्योगलाई सुरक्षित र दुर्घट्ना रहित वनाईयोस भनि माग गरेका थिए ।
त्यसै दिनलाई आधार स्तम्भ मानेर यो दिन मनाउन थालिएको कुरा स्मरण गर्दै नेपालमा जनयुद्धले उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्गहरुको अधिकारको लागी वर्ग संघर्ष थालिएको र सोही वर्ग संघर्षका कारण समस्त मानव जातिको मुक्ति र रुपान्तरणको निम्ती श्रमीक महिलाहरु थिचो मिचो अन्याय अत्याचार, शोषण, दमन, बलत्कार, छुवाछुत, भेदभाव जस्ता कुराहरु बाट पिल्सीएको नेपाली समाज र महिला अधिकार लाई स्थापित गर्दै नेपाली समाज रुपान्तरणको दिशामा अगाडि बढेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “जसको लागी आफु विगत नेपाली समाज रुपान्तरणको महाअभियानमा वर्ग संघर्षको आँधिवेहरीमा होमिएको र नेपालमा लोकतन्त्र गणतन्त्र धर्म निपेक्षता सहितको नयाँ लोकतान्त्रिक गणतान्त्रिक संविधान घोषणा भएको र फलस्वरुपमा महिलाहरु राष्ट्रपती, मन्त्री, प्रधानन्याधिस, सभामुख, उपसभामुख, डि.आई.जी जस्ता उच्च पदमा पुगेकोले कुनै पनि महिलाहरुले अधिकारको लागि बन्चित हुनु नपर्ने अवस्था छ ” ।
नेपालको जनयुद्धले सम्पूर्ण महिलाहरुको हकहित अधिकार र न्यायको कुरालाई उठाएको जनयुद्धमा महिलाहरुको सक्रीय शसक्त उपस्थिति भएकोले नै ऐतिहासिक उपलव्धी सगै ठुलो परिवर्तन भएको कुरालाई स्मरर्ण गर्दै नगर उपप्रमुख तथा न्यायीक समिति प्रमुख बालकुमारी वस्नेत १९७५ मा संयुक्त राष्ट्रसंघले महिला अधिकार र शान्ति दिवसको रुपमा मनाउने घोषणा गरिए सगै संसारभर स्वतः स्फुर्त पारेको प्रभावले नेपामा पनि यसलाई भव्यरुपले मनाउन थालिएको स्पष्ट पानुभयो । कार्यक्रमा विभिन्न स्थानहरुवाट आएका लोक साँस्कृतिक झाँकीहरुलाइ नगर प्रमुख रावलले पुरुस्कार तथा सम्मान वितरण गर्नु भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!