मजदुरलाई खर्च जुटाउन मुस्किल

जाजरकोट — नलगाड नगरपालिका–१२, की ३० वर्षीया बालकुमारी खत्री दिनहुँ तल्लुबगरस्थित झोलुंगे पुलको छेउमा मालसामान ओसारपसार गर्छिन् । बस्नेतगाउँकै ४० वर्षीय गणेशबहादुर खत्री पनि कामको खोजीमा पुल छेउमै भेटिन्छन् ।

तल्लुबगरस्थित पुल छेउमा उनीहरू जस्तै करिब दुई सय मजदुर गाडी अनलोड गर्ने र भारी बोक्ने कामका लागि कुर्छन् । काम नपाए रित्तोहात घर फर्किनुपर्ने बाध्यता छ उनीहरूलाई ।

कामै पाए पनि दिनभर थाप्लोमा भारी बोकेर कमाएको पाँचदेखि सात सय रुपैयाँले उनीहरूलाई दैनिक गुजारा चलाउन कठिन भएको छ । नियमित काम नपाउने र काम पाए पनि न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यताका कारण अदक्ष मजदुरलाई जीवन निर्वाह गर्न मुस्किल भएको हो । दिनभर भारी बोकेर कमाएको रकमले साँझ–बिहानको छाक टार्न नपुग्ने बालकुमारीले बताइन् ।

‘अन्य रोजगारी छैन, आर्थिक अवस्था कमजोर छ, ज्याला–मजदुरीका भरमा जीवन निर्वाह गर्ने गरेका छौं,’ उनले भनिन्, ‘घर बनाउने काममा दक्ष व्यक्तिको खोजी हुन्छ । सडक डोजरले खन्छ । गाउँमा अरू कुनै पनि काम पाइँदैन, हामी गरिब र अदक्ष व्यक्तिले गाडीले ल्याएको मालसमान ओसार्नेबाहेक अरू काम पाउँदैनौं ।’

उनले ६० जनाको समूह बनाएर भारी ओसार्ने काम गर्ने गरेको बताइन् । पुल छेउमा गाडी पुग्नासाथ कामको खोसाखोस हुने गरेको उनको भनाइ छ । झोलुंगे पुलबाट सामान तारेको प्रति क्विन्टल ७५ रुपैयाँ ज्याला पाउने गरेको उनी बताउँछिन् । महँगीका कारण दैनिक कमाएको पाँचरसात सयले पाँच जनाको परिवारमा साँझ र बिहानका लागि दाल, चामल, तेल, तरकारीलगायत सामग्री किन्न नपुग्ने उनको गुनासो छ ।

सदरमुकामको खलंगाबजारमा ज्याला मजदुरी गर्ने मजदुरको पनि उस्तै पीडा छ । चर्को बजार भाउका कारण दिनभर भारी बोकेर कमाएको रकमले गुजारा चलाउन कठिन भएको स्थानीय थलबहादुर विकले बताए । निम्नवर्गका लागि ज्याला न्यून भएको उनी बताउँछन् । ‘जिल्लामा अदक्ष मजदुरका लागि दैनिक ६ सय मात्र छ, गरिबका लागि बोल्ने कोही भएन,’ उनले भने, ‘भारी बोक्नेले त कहिले २ सय पनि पाउँदैन, त्यसले कसरी गुजारा धान्नु रु’

जिल्लाका खलंगा, थलह, रिम्ना, कालीमाटी, तल्लुबगरलगायत बजारमा ज्याला–मजदुरी गर्नेको संख्या बढ्दै गएको छ । जाजरकोट–डोल्पा सडकअन्तर्गत मोटरपुल नभएका नदी तथा खोलामा कामको खोजीमा धाउने मजदुरको संख्या पनि नगण्य छ । सडकको तल्लुबगर र रुकुमको छहरीबगरबीच भेरी नदीमा पनि पुल नहुँदा पल्टी ९वारपार० गरेर मालसामान ओसारपसार गर्नुपर्ने बाध्यता छ ।

गाडीले नेपालगन्ज, सुर्खेतलगायत बजारबाट ल्याएको मालसामान र डोल्पाबाट आउने जडीबुटी झोलुंगे पुलबाट मजदुरको सहायताले पल्टी हुने गरेको हो । सामान ओसार्ने कामका लागि तल्लुबगरको झोलुंगे पुल छेउमा नलगाड नगरपालिका–१२ का दुई समूह र आठबीसकोट नगरपालिका–४, छहरीबगरका दुई समूह तैनाथ रहने गरेका छन् ।

तल्लुबगरका चार समूहले समूहले लोड गाडीको समान अनलोड गर्ने र पुलबाट छहरीबगरसम्म ओसार्ने गरेका छन् । जाजरकोट–डोल्पा सडकको दर्जन स्थानमा पुल नबन्दा व्यवसायी मजदुरद्वारा पल्टी गरेर सामान ओसारपसार गर्दा आजित बनेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!