प्राविधिक स्टामेट र सम्झौता बिना डोजर प्रयोग

जाजरकोट , १९ फागुन (रासस) एक करोड भन्दा तलका योजनामा डोजर प्रयोग गर्न नपाइने निर्णय गरेपनि डोल्पाका स्थानीय तहमा जथाभावी डोजर प्रयोग भएको पाइएको छ ।

स्थानीय सरकारले गरेको निर्णयलाइ समेत धज्जी उडाउदै टिमुरे देखि मुड्केचुला गाउँपालिका सम्म सडक निर्माणका लागि ४९ लाख ५० हजार रुपैयाको सडक विना स्टामेट खन्न सुरु गरिएको छ । मुड्केचुला गाउँपालिकाको कार्यालयमा सम्झौता समेत नगरी शक्तिकेन्द्रको दबावमा आफुखुसी सडक निर्माण गरिएको छ । गाउँपालिका र केन्द्र सरकारले १ करोड भन्दा तलको योजनामा डोजर प्रयोग गर्न नपाइने निर्णय गरेपनि सो निर्णयलाइ धज्जी उडाउदै सडक डोजरबाट नै खन्न लगिएको हो ।

मुड्केचृला गाउँपालिका – १ का लंकबहादुर रोकायले सांसद विकासको रकमबाट यसरी मनोमानी तरिकाले सडक निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ । अहिले डोजरद्धारा सडक निर्माण कार्य जारी रहेको छ । यत्ता रोजगारी नपाएको भन्दै जनताले बिरोध समेत गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!