मुटुरोग लाग्न नदिन यसो गर्ने

अस्वस्थ खानाले मोटोपना, मधुमेह हुने तथा कोलेस्ट्रोल बढ्ने सम्भावना अत्यधिक हुन्छ । यसले मुटुको धमनीमा बोसो जम्ने समस्या निम्तिन्छ । अन्ततः पछि गएर मुटुको धमनी नै शतप्रतिशत बन्द हुनेसमेत हुन्छ । स्वस्थ मुटुका लागि खान्कीमा ध्यान पु(याउन आवश्यक छ ।

के खाने
पर्याप्त मात्रामा सागपात, फलफूल खानुपर्छ । यसबाहेक दाल, तरकारीको झोल प्रशस्त सेवन गर्न आवश्यक छ । यी खाद्यान्नमा सकभर कम चिल्लो पदार्थ प्रयोग गर्नुपर्छ ।
बोसोरहित मासु सेवन गर्नुपर्छ । अझ उसिनेर खाए झन् उत्तम हुन्छ ।

के नखाने
नदेखिने चिल्लो पदार्थका स्रोत जस्तै, नरिवल, काजु, बदाम, ओखरजस्ता फल धेरै सेवन नगर्दा राम्रो हुन्छ ।
खानामा ठोस खानेकुरा बढी समावेश गर्नुहुँदैन  । बजारमा जथाभावी पाइने फास्टफुड र ड्राइफुड खानुहुँदैन । त्यस्तै, सकेसम्म कम नुन खानु
उचित हुन्छ ।
मध्यपान र धूम्रपानबाट टाढा रहनुपर्छ । यस्ता पदार्थले रक्तसञ्चारमा समस्या ल्याउनुका साथै हृदयाघात गराउने सम्भावना पनि उच्च रहन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!