११६ किमीमा दुइ हजार तीन सय पचास

जाजरकोट ः जाजरकोट डोल्पा सडक खण्डको ११६ किलोमिटर सडकमा दुइ हजार तीन सय पचास भाडा तिर्नुपर्दा यात्रुहरु हैरान भएका छन् ।
ठाउँ , ठाउँमा झर्नु र गाडी चढ्नु अर्को यात्रुहरुलाइ सास्ती रहेको छ । लामो समय पछि जाजरकोट – डोल्पा सडक खण्डको ट्याक खुलेसँगै यस सडक खण्डमा यात्रा गर्ने यात्रुहरु चर्को भाडाको मारमा परेका छन् । यातायात व्यवसायीले मनपरी भाडा लिदा यात्रुहरु पाइला , पाइलामा ठगिएको बताएका छन् ।
जाजरकोट सदरमुकाम देखि तल्लु सम्म रु ७ सय , रुकुमको अनाह देखि डोल्पाको कवरगाड सम्म रु ७ सय , करवगाड देखि खदाङ सम्मा रु १५० , खदाङबाट त्रिपुराकोट सम्म रु ४०० , सुपानी देखि दुनै सम्म रु ४०० सय रुपैया तिर्दा यात्रुहरु हैरान भएका हुँन् । दैनिक चर्को भाडाले यात्रुहरु ठगिदा समेत स्थानीय प्रशासन मुखर्दशक भएको जाजरकोट नलगाडका यात्रु बद्री पन्तले बताउनुभयो “ यो देशमा राज्य छ कि छैन , जनताहरु मारमा परेको कसैले पनि हेदैन ” । जोखिम पुर्ण यात्रा , त्यसमा पनि छतमा राखेर यात्रुहरु जथाभावी चलाउँदा यहाँ कति खेती दुर्घटना पर्ने हो थाहा नभएको पन्तको भनाइ छ ।
आफु खुसी भाडा उठाउँने र भाडा असुलेको टिकट सम्म यात्रुहरुलाइ उपलव्ध नगराउने पाइएको डोल्पा नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढाले बताउनुभयो । चालक अनुमती पत्र समेत नभएका चालकले गाडी चलाउँदा दैनिक समस्य आउँने गरेको पाइएको छ । दुनै देखि जुफाल सम्म जथाभावी यात्रुहरु राख्न र भाडा पनि चर्को असुल्न नपाएको भन्दै नपाएका यहाँका जीप व्यवसायीले सेवा बन्द बन्द गरेका छन् ।
चर्को भाडा लिएको भन्दै र यात्रुहरु जथाभावी राखेको भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पाले कडाइ गर्न थालेपछि जीप चालकहरु आन्दोलनमा उत्रिएका छन् । जाजरकोट – डोल्पा सडकको धेरै ठाउँमा प्रहरी चौकी नहुँदा दैनिक यात्रुहरुबाट चर्को भाडा लिने गरिएको हो । कम भाडा दिने यात्रुहरुलाइ जवरजस्ती गाडीबाट झर्ने गरिएको यात्रुहरुको गुनासो छ । स्तरउन्नती हुँन नसकेको सडकका जथाभावी यात्रु राखेर दैनिक यसरी नै यो सडकमा जीपहरु चलाइरहने हो भने ठुलो दुर्घटना हुँने रुकुम गोतामकोटका नरबहादुर थापाले बताउनुभयो ।










