निशुल्क उपचार र सडक स्तर उन्नतीको सांसद पहाडीको माग

जाजरकोट , पुर्व शान्ति मन्त्री तथा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले शुक्रबार प्रतिनिधी सभाको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोट भेरी नगरपालिकामा बस दुर्घटना परी चार जनाको मृत्यू भएको छ र केही घाइते हुनुभएकाले सरकारले क्षेतिपुर्ती सहित उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
त्यस्तै उहाँले डोल्पाको सदरमुकाम दुनैमा विद्युत सेवा अवरुद्ध भएकाले सो को तत्काल मर्मत गरी सेवा प्रवाहमा समहज बनाउन आग्रह गर्नुभएको छ । दैनिक कर्णाली प्रदेशका दुर्गम जिल्लामा हुँने घटनालाइ कम गर्नका लागि सडक सञ्जालको स्तर उन्नतीको माग समेत गनुभएको छ । विशेष समयमा बोल्दै पहाडी दुर्गम जिल्लामा हुँने घटनाका पीडितलाइ तत्काल उद्धारका लागि एयरएम्वुलेन्स सहितको नाइटभिजन हेलिकप्टरको व्यवस्था गर्न समेत माग गर्नुभएको छ ।







